जाङछ्युव छ्योलिङ गुम्बा हेम्जाले अविषेक प्रदान गर्ने

पोखरा ३ मंसिर। पोखरा हेम्जा स्थित जाङछ्युव छ्योलिङ गुम्बाले अविषेक प्रदान गर्ने भएको छ। मंसिर ४ देखि १४ गते सम्म श्रद्धेय साङपा रिन्पोछेको करकमलबाट नवौँ कर्मापा वाङचुक दोर्जेबाट संकलित चिग्से कुन्ड्रोल अविषेक प्रदान गर्ने भएको हो।

भक्तजनहरूले गुम्बामा पुगी हरेक दिन दिउसो १ बजे देखि फरक फरक अविषेक ग्रहण गर्न सक्ने गुम्वाका अध्यक्ष सोनम रिम्छेनले जानकारी दिए। उनका अनुसार मंसिर ४ गते श्वेत तारा, हरित तारा, त्रिलोक चल तारा, कुरुकुल्ले र मंगल सिर्द्धार्थ ताराको अविषेध लिन सक्ने छ। मंसिर ५ गते महा मैत्री प्रज्ञापरामिता, उष्णीता विजया, सितातापत्रे, उष्णीष ज्वाला र पञ्च विद्या रानी अविषेक लिन सक्ने बताएको छ।

त्यसैगरी मंसिर ६ गते पर्णशावरी, मरिच्य, ध्वजा अग्र केयुर र श्वेत सरस्वति, मंसिर ७ गते पहँेलो मञ्जुश्रीको साथ सहचारी, श्वेत मञ्जुश्री, मञ्जुश्री नमसंगिति, मञ्जुश्रीसिंह वचन, मञ्जुश्री अरापचन र सिंह नाद मञ्जुश्री, मंसिर ८ गते बज्रपाणी, बज्रपाणी र पिचास नाष्क, विजया बज्रपाणी अविषेक प्रदान हुनेछ। गुम्बाले मंसिर १० गते बज्र विद्याराण, श्वेत बज्र विद्याराणा, श्वेत अचल र निलो अचल, मंसिर ११ गते रुद्ध भुरकुंकुट, हतिर रुद्ध भुरकुंकुट, महाबाला, रुद्र अमृत कुण्डली र विध्न नाषक अविषेक प्रदान गर्ने जनाएको छ।

त्यसैगरी मंसिर १२ गते रुद्ध हायग्रिव, क्येर गाङपा परम्पराको गुहृय हायग्रिव र कालो हायग्रिव धातु हटायु, मंसिर १३ गते कालो यमन्ताका, रातो यमन्ताका, र सिंहमुखी डाकिनी, र अन्तिम दिन मंसिर १४ गते कुन्चोक चिदु, प्रसाद वितरण, र दिउसो १ बजे अमितायु वाङ र श्रद्धेय गुरु साङपा रिन्पोछेलाई मेण्डल अर्पण गरिने बताएको छ। १० दिन सम्म चल्ने कार्यक्रममा श्रद्धालु भक्तजनहरूलाई अविषेक ग्रहण गर्न गुम्बा व्यवस्थापन समितिले अनुरोध गरेको छ।

- एजेन्सी