सञ्चारकर्मीलाई निर्वाचन अभिमुखीकरण

पोखरा, ३ मंसिर। आसन्न प्रतिनिधिसभा र प्रदेस सभा सदस्य निर्वाचनको सर्न्दर्भमा पोखराका संचारकर्मीहरूलाई निर्वाचन र संचार विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

क्षेत्रीय निर्वाचन कार्यालय पोखरा र नेपाल पत्रकार महासंघ कास्की शाखाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सहभागिहरूलाई निर्वाचन ऐनमा गरिएको व्यवस्था, संचारकर्मीहरूले निर्वाचनमा खेल्नुपर्ने भुमिका तथा कसरी स्वच्छ र निष्पक्ष रूपमा समाचार प्रवाह गर्ने लगायतका विषयहरूमा जानकारी गराईको छ।

मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले संचारजगत समाजको ऐना भएको र यसले समाजलाई वाटो देखाउने हुँदा चुनावी माओल वनाउन पनि संचारकर्मीहरूको महत्वपूर्ण भुमिका हुने बताए।

राज्यका विभिन्न तह र तप्का सवैलाई निर्वाचनमा आचारसंहिता लाग्ने भएकोले यसको पालनामा सवै पक्ष जिम्मेवार वन्नु पर्ने भनाइ अधिकारीको छ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा कार्यक्रमका सहजकर्ता पुण्य पौडेलले चुनावमा संचारकर्मीहरूले कसैलाई पनि कुनै भेदभाव नगरी तटस्थ रहेर निष्पक्ष रूपमा समाचार प्रवाह गर्नुपर्ने भनाइ राख

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सर्न्दर्भमा भएका व्यवस्था तथा कास्कीमा निर्वाचनका गतिविधिहरूको वारेमा अवगत गराए।

पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारहरूल पेशागत मर्यादा र विश्वसनियतालाई कमजोर हुने गरि समाचार सम्प्रेशण गर्न नहुने धारणा राखे। महासंघका सचिव रामप्रसाद तिमिल्सनाले पनि कार्यक्रममा सहजीकरण गरेका थिए।

- एजेन्सी