मृगौला पीडित गंगाको उपचारमा सहयोग जुटदै

हेमजा, ३ मंसिर। दुबै मृगौलाले काम गर्न छाडेर हाल मनिपाल शिक्षण अस्पतालमा उपचाररत कास्की अन्नपूर्ण गाउँपालिका-२, दिपको डिल निवासी गंगा दाहालको उपचारका लागि सहयोग जुटन थालेको छ।

३० वर्षे दाहालको २ वटै किडनी फेल भएको र उपचारका लागि आठदेखि दश लाख रूपैयाँसम्म लाग्ने उपचारमा सम्लग्न डाक्टरले जनाएपछि आर्थिक अवस्था कमजोर रहेको दाहालको परिवार आर्थिक संकटमा परेको थियो।

मणिपाल शिक्षण अस्पताल का निमित्त निर्देषक  डां एस एन बावा को रोहबरमा केफ माबि सिम्पानी वगरका विद्याथी, शिक्षक कर्मचारी बाट सकंलन गरीएको ४५ हजार आठ सयरूपया निर्देषक लोकराज भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र पौडेल, शिक्षक अभिभावक सघंका अध्यक्ष बसन्त बाँस्तोला, युवा रेडक्रस केफ माविका  अध्यक्ष     रिया नेपाली, मोनिटर द्वव ब्रि्रम परियार र बिमल क्षेत्रीलगायतको उपस्थितीमा सो रकमको चेक गगां दाहाललाई प्रदान गरीएको छ। उनको उपचारका लागि भन्दै हालसम्म छ लाख १५ हजार आठ सय सहयोग संकलन भइसकेको गंगाका श्रीमान दाहालले बताए।

मृगौला प्रत्यारोपण गर्नकै लागि दश लाखसम्म रकम लाग्ने भनेपछि दाहालको परिवार यतिवेला कसरी त्यती ठुलो मोटो रकम जुटाउने भन्ने चिन्तामा परेको छ। उनको हाल हप्तामा दुर्इ पटक डाइलोसिस हुदै आएको छ।

गंगाको उपचारमा सहयोग गर्न चाहनेले उनको नाममा रहेको एनआइसी एसिया बैकको खाता नं. २८७७७७६९७५२४००१ मा रकम जम्मा गर्न सक्ने तथा उनका श्रीमानको मोन ९८०४१३१५२९ वा ९८०४१५०२७६ मा सर्म्पर्क गर्न सकिने परिवार स्रोतले जनाएको छ।

- अादर्श समाज सम्वाददाता