को-ओपरेटिभ म्यानेर्जर्स क्लबको प्रशिक्षण

पोखरा, २ मंसिर। को-ओपरेटिभ म्यानेर्जर्स क्लब कास्कीले व्यक्तिगत व्यवस्थापन सम्बन्धी एक दिने तालिम  सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका सञ्चालक एवम् पोखरा फिल्डका संयोजक भिम गुरुङले सिकाई एक निरन्तर प्रक्रिया भएको हुँदा, यसलाई कसरी प्रयोग गर्ने अथवा सिकेको कुरालाई कसरी परिचालन गर्ने भन्ने विषय सहकारीमा महत्वपूर्ण रहेको बताए। उनले सहकारीको गुणस्तर बृद्धिमा सिकेका सिप र आÇना क्षमतालाई सहि तरिकाले व्यवस्थापन गरि तालिमको मुख्य उद्देश्यलाई सबैले कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रशिक्षक मिस नेपाल सुगारिका के.सीले हामी आफैमा भएका समस्याहरुलाई सहि तरिकाले व्यवस्थापन गर्न सक्यौ भनेमात्र आÇनो व्यक्तित्व बढ्ने बताइन्। उनले सानो-सानो कुरालाई हामीले व्यवस्थापन गर्न नसक्दा आँफै अल्झिरहेको बताउँदै कुनै कार्य गर्न वा बोल्न भन्दा अगाडि पहिला आफूलाई व्यवस्थापन गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्। जिल्ला सहकारी संघका उपाध्यक्ष हरिभक्त पौडेलले तालिमले महत्वपूर्ण उपलब्धी हसिल गर्न सहयोग पुर्‍याएको बताए।

अध्यक्षको आसनबाट बोल्दै क्लबका संयोजक मिलन ढकालले सहकारीको क्षमता र गुणस्तर बृद्धिका लागि यस्ता कार्यक्रम निरन्तर भइरहने बताए। कार्यक्रमको सञ्चालन विधाता श्रेष्ठले गरेकी थिइन् ।

- अादर्श समाज सम्वाददाता