सहायक सम्पादक नेपाललाई पुरस्कार

पोखरा, ३० कात्तिक। आदर्श समाज दैनिकका सहायक सम्पादक विजय नेपाल ‘विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार-२०७४’ बाट सम्मानित हुने भएका छन्।

गीत संगीत क्षेत्रको विकास र संगीतककर्मीको हितका लागि स्थापित विन्ध्यवासिनी फाउण्डेसनले पत्रकार नेपाल सहित नौ जना पत्रकारलाई उक्त पुरस्कारबाट सम्मान गर्न लागेको हो।

शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भव्य समारोहमा ख्यात्रि्राप्त कलाकारको प्रस्तुति साथमा विन्ध्यवासिनी सम्मान तथा संगीत साँझमा उक्त पुरस्कार हस्तान्तरण गरिनेछ ।

जसमा पत्रकार नेपालसँगै अमरध्वज लामा, अनुपा श्रेष्ठ, विष्णुप्रसाद गौतम, ध्रुव लम्साल, जीवन पराजुली, मधु शाही, प्रतिमा श्रेष्ठ र रीता लिम्बुलाई नगदसहित सम्मान गरिने फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी दिइन्। झण्डै १५ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील पत्रकार नेपाल राजधानी बाहिरबाट सम्मानित हुने एकमात्र पत्रकार हुन् । उनी सात वर्षदेखि राजधानी दैनिकमा पनि आवद्ध छन्।

फाउण्डेसनले यस वर्ष ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०७४’ बाट वरिष्ठ गायक दीप श्रेष्ठलाई ५० हजार रुपैयाँसहित सम्मान गर्दैछ। पुरस्कृत प्रतिभाको नाम गठित जुरी कमिटीले छनोट गरेको हो।

यसैगरी, मुक्तिनाथ विकास बैंकको प्रस्तुति आठौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७४ मा ३२ विधाको मनोनयनमा पर्ने संगीतकर्मीको सोही कार्यक्रममा नामावली घोषणासहित प्रमाणपत्र प्रदान गरिने फाउन्डेसनका सदस्य सुवास रेग्मीले जनाए। अवार्ड कार्यक्रम भने पुस १५ मा भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा हुनेछ।

जसमा विन्ध्यवासिनी म्यूजिक लाइफ टाइम अचिभमेन्ट अवार्ड, विन्ध्यवासिनी संगीत रत्न सम्मान, विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान र विन्ध्यवासिनी चलचित्र सम्मानसमेत प्रदान गरिने जनाइएको छ ।

- अादर्श समाज सम्वाददाता