गण्डकी विकास बैंक विराटनगरमा

पोखरा, ३० कात्तिक । गण्डकी विकास बैकले विराटनगरमा शाखा विस्तार गरेको छ ।

शाखाको एक औपचारिक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलेे गरे। उनले बैंकको सफलताको शुभकामना दिँदै शाखा विस्तारले यस क्षेत्रका ग्राहकलाई लाभदायक हुने बताए ।

बैंकका अध्यक्ष जगनबहादुर गुरुङले बैंकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तीय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने र मुनाफामात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाइ विशेष जोड दिँदैआएको बताए।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधिको बारेमा जानकारी गराए ।

उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटिएम, एसएमएस, मोवाइल बैँकि·, रेमिटेन्स सेवासहितको पूर्ण बैंकिङ सेवा सञ्चालन गरिएको छ।

बैंकले निकट भविष्यमा काठमाडौंको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौंडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सा शाखा खोल्ने तयारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।

- अादर्श समाज सम्वाददाता