कम्युनिष्ट सरकार अपरिहार्यः अधिकारी

लेखनाथ, २९ कात्तिक । कास्की क्षेत्र नं १ बाट वाम गठबन्धनका साझा उम्मेदवार खगराज अधिकारीले सुकुम्वासी हकहितका लागि कम्युनिष्ट सरकार अपरिहार्य भएको बताएका छन् ।

बुधबार पोखरा २९ को विभिन्न ठाउँमा गरिएको घरदैलो कार्यक्रमपछि कोणसभामा बोल्दै पूर्व स्वास्थ्य मन्त्री समेत रहेका अधिकारीले सुकुम्वासी समस्या अन्त्य गरी सुकुम्वासी शव्द नै नरहने गरी प्रक्रिया अघि बढाउने बताएका हुन् ।

वाम गठबनधन चुनाव जित्नका लागि मात्र होइन देशमा स्थायी सरकार निर्माण गरि सुखी जनता र समृद्ध नेपाल बनाएर जनताको भविश्यलाई रेलको गतिजस्तै तीव्र रुपमा अघि बढाउने अभियान बोकेको बताए । कास्की क्षेत्र नं १ क का उमेदवार दीपक कोर्इरालाले विकासका लागि इच्छाशक्ति महत्वपूर्ण भएकोमा जोड दिँदै वाम गठबन्धनसँग स्पष्ट भिजन र जनताप्रति उत्तरदायी भएर काम गर्ने योजना भएकाले आफूहरुलाई भोट दिन आग्रह गरे ।

कार्यक्रममा निर्वाचन परिचालन कमिटि कास्की क्षेत्र नं १ का संयोजक श्रीनाथ बराल, पूर्व सभासद् तेजकुमारी पौडेल, कास्की क्षेत्र नं १ क का सहसंयोजक विनय थापा, कार्यदलका सचिव छविलाल लामिछाने, वडा नं २९ का वडा अध्यक्ष चेतबहादुर गुरुङ, वामपन्थी  नेता शालिकग्राम पौडेल, श्रीप्रसाद गुरुङ, गोकर्ण्र्ाातिवारी, बोधराज लामिछाने, बाबुराम सुवेदी, धनबहादुर बिक, चित्रबहादुर सुनार, प्रेम थापा, लालबहादुर सुनार, बाबुराम सुवेदी लगायतले वाम गठबन्धन देश विकासका लागि समयको माग भएको बताए ।

- अादर्श समाज सम्वाददाता