काँग्रेस १ (क) को घोषणापत्र सार्वजनिक

पोखरा, २९ कात्तिक । काँग्रेस कास्की क्षेत्र १ अन्तर्गत प्रदेश (क) को चुनावी घोषणापत्र सार्वजनिक भएको छ ।

बुधबार कानुनमन्त्री यज्ञबहादुर थापाले घोषणापत्र सार्वजनिक गदै काँग्रेसका उम्मेदवारले चुनाव जिते समृद्ध र नमुना क्षेत्रको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए।

कास्की १ बाट काँग्रेसको प्रतिनिधिसभा सदस्य उम्मेदवार थापाले घोषणपत्र हुवहु कार्यान्वयन गर्ने बताए ।

प्रदेशसभा सदस्य उम्मेदवार जीवन परियारले यस क्षेत्रको शैक्षिक, भौतिक, पर्यटकीय क्षेत्रको सम्भावनालाई प्रतिनिधित्व गदै त्यसलाई मूर्त रुप दिनका लागि घोषणापत्र तयार गरिएको बताए । उनले कास्की १ (क) कृषि, पर्यटन, जलश्रोतको हिसाबले पनि निकै महत्वपूर्ण रहेको भन्दै त्यसको विकास र प्रवर्द्धनमा आफ्नो अगुवाई रहने प्रतिबद्धता पनि जनाए । उनले यस क्षेत्रमा भएका सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

कार्यक्रममा समानुपातिक उम्मेदवार आनन्दराज मुल्मीले देशको स्थायित्व र समृद्धिका लागि काँग्रेसको विकल्प नरहेको उल्लेख गरे ।

काँग्रेस नेता प्रकाशमोहन खनालले घोषणापत्र घरघरमा पुर्‍याएर मतदातासँग मत माग्न उम्मेदवारसँग आग्रह गरे । सोही अवसरमा उम्मेदवारहरुले पोखरा ३० को चुनावी सर्म्पर्क कार्यालय उद्घाटन गरे भने घरदैलो समेत गरेका थिए ।

- अादर्श समाज सम्वाददाता