पालिखे ‘बालक’ लिएर चुनावी प्रचारमा

पोखरा, २९ कात्तिक  । चुनावमा बालबालिका प्रयोग गर्न निर्वाचान आचारसंहिताले रोकेको छ । तर, नरेशशंकर पालिखे भने ‘बालक’ नै लिएर चुनावी अभियान शुरु गरेका छन् । उम्मेदवार बन्दा आफ्नो पार्टीनेपाली काँग्रेसबाट निस्काशित उनी चुनावी अभियानमा बालक लिएर हिँड्दा कारबाहीमा भने पर्ने छैनन् । उनीसँग रहेको बालक अभियानका सहयोगी होइनन्, चुनाव चिन्ह हो । किनकि यो उनको चुनाव चिन्ह हो ।

कास्की क्षेत्र २ (ख) बाट प्रदेशसभा सदस्य उम्मेदवार पालिखे ‘आस्था र निष्ठाको राजनीति जोगाऔं’ नाराका साथ उनी चुनावी अभियानमा जुटेका छन् । अहिले पालिखे शान्तरुपमा चुनावी अभियानमा ब्यस्त छन् ।

काँग्रेसबाट टिकट नपाएपछि पालिखेले वागी उम्मेदवारी दिएका थिए । पार्टीले बिन्दुकुमार थापालाई टिकट दिएको छ । पार्टीका नेताहरुले अथक प्रयास गर्दा पनि उनले उम्मेदवार फिर्ता नलिएपछि गत साता पार्टीका साधारण सदस्यसमेत नरहने गरी काँग्रेसबाट उनी निस्काशित भएका छन् ।

पालिखे सानै उमेर (२८ वर्ष) मा पोखराका उपमेयर भएका थिए । काँग्रेस पोखरा नगरका नगर सभापतिमा सचिव हुँदै दुर्इ पटकसम्म सभापति र पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष समेत भैसकेका छन् । आफू पार्टी्रति आस्थावान कार्यकर्ता हुँदाहुँदै पार्टीले मूल्यांकन नगरेको उनको आरोप थियो ।

- अादर्श समाज सम्वाददाता