हेमजामा वाम गठबन्धनको घरदैलो

हेमजा, २९ कात्तिक । कास्की क्षेत्र नं. ३ का वाम गठबन्धनका उम्मेदवारले मतदाताले गठबन्धनलाई दुर्इ तिहाई मत दिने विश्वास प्रकट गरेका छन् । बुधबार हेमजामा घरदैलो गदै उम्मेदवारले त्यस्तो विश्वास प्रकट गरेका हुन् ।

हेमजास्थित याम्दीबाट शुरु घरदैलो अभियान स्थानिय तिब्वतीयन क्याम्प, लामाचौतारा, साझा, मिलनचोक, र्सुइँखेत, कालिकाचोकहुँदै फेदीसम्म पुगेको थियो । जसमध्ये लामाचौतारा र मिलनचोकमा कोणसभा भए।

सभामा कास्की ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार जगत विश्वकर्माले वाम गठबन्धनलाई नेपाली जनताले रुचाएको दावी गदै गठबन्धनमा जनलहर बढ्दै गएको बताए ।उनले गठबन्धनले देशैभर दुर्इ तिहाई मत ल्याउने विश्वास प्रकट गदै देशलाई निकास दिई समृद्घकिो बाटोतर्फ मोडन गठबन्धन गरिएको स्पष्ट पारे ।

कास्की ३ क बाट उम्मेदवार रामजी बरालले संविधानमार्फत स्थापित अधिकार व्यवस्थित गर्न स्थायी सरकार चाहिने भएकोले गठबन्धन गरिएको बताए । बरालले मतदाताले आफ्नो मत प्रकट गर्दा विवेक पुर्‍याएर देशलाई निकास दिने शक्तिलाई मात्र दिन आग्रह गदै आगामी चुनावलाई फरक तर मौलिक प्रकारको चुनाव भएको भन्दै जनताका समस्यामा साथ दिने प्रतिबद्घता प्रकट गरेका थिए ।

समानुपातिक उम्मेदवार सीता गिरी ओलीले हेमजा कम्युनिष्टको उर्भरभूमि भएको दावी गदै विभिन्न समयमा हेमजावासीले आफूहरुलाई सहयोग गदै आएको स्मरण गरिन् ।

समानुपातिक उम्मेदवार झलकपाणि तिवारीले गठबन्धनलाई परिवर्तनकारी शक्तिसँग तुलना गदै देशको अस्थिरतालाई परिवर्तन गर्ने दायित्व पनि गठबन्धनकै भएको भनाइ राखे ।

प्रदेश समानुपातिक उम्मेदवार पुष्पा केसी भण्डारीले स्थायित्व र आर्थिक विकासका लागि गठबन्धन गरिएको बताइन् ।

गठबन्धनका हेमजा संयोजक धर्मराज बास्तोलाको अध्यक्षतामा सम्पन्न दुवै कोणसभाको सञ्चालन गठबन्धनका सह-संयोजक माधवशरण पौडेलले गरेका थिए ।

- अादर्श समाज सम्वाददाता