भ्यालियन्ट स्टार भिपुल पोखरामा

पोखरा, २९ कात्तिक । भ्यालियन्ट क्रिकेट क्लबका क्याप्टेन भिपुल नारिगरा (२५) सुन्दर नगरी पोखरा आएका छन् । गुजरातका यी अर्वान हिरो भिपुल पोखरा ११ सँग मैत्रीपूर्ण क्रिकेट खेलका लागि टिमसहित आएका हुन् ।

क्रिकेटप्रेमीका जबर्जस्त फ्यान यी भ्यालियन्ट स्टारलाई पोखरा औधी राम्रो लाग्ने बताउँछन् । थुप्रै टेलिभिजन तथा विज्ञापनमा समेत पोष्टर सेयर गरेका भिपुललाई सामाजिक संजालमा पछ्याउनेहरु धेरै छन् ।नेपाली क्रिकेट पारस खड्कालाई उनी राम्रोसँग चिन्छन् । गत वर्ष उनीहरुबीच काठमाडौंमा भेट भयो । पारसलाई भारतमा पनि उत्तिकै राम्रो दृष्टिकोणले हेरिन्छ । उनका अनुसार पारस नेपालका आइकन हुन् । उनी क्रिकेटको रुट हुन् । नेपाली टिमले कुनै न कुनै तवरबाट पारसलाई आइपिएल क्रिकेटमा अनुबन्ध गराउनेतर्फ लाग्नुपर्छ । उनी भन्छन्-‘पारस आइपिएल खेलून्, तबमात्र उनको कौशल विश्वले जान्नेछ ।’

गुजरातमा उनलाई विभिन्न सभा समारोह लगायत महत्वपूर्ण कार्यक्रममा अतिथिको रुपमा निमन्त्रणा गर्नेको होडबाजी हुन्छ । कार्यक्रममा फ्यानबीच घेरिन्छन् । अनि शुरु हुन्छ सेल्फी । थुप्रै इभेन्टमा रेर्कर्ड कायम गरेका भिपुलको खेलकौशल र स्वभाव प्रशंसनीय रहेको टिममेट बताउँछन् ।

- अादर्श समाज सम्वाददाता