पहिरो पीडितलाई पुनर्वास : बराल

पोखरा, २८ कात्तिक। कास्की क्षेत्र ३ क का उम्मेदवार रामजीप्रसाद बरालले मंगलवार रिभानमा घरदैलो गरेका छन्।

वामपन्थीका साझा उम्मेदवार बरालले माछापुच्छ्रे रिभानका मोहोरा, डाँडागाउँ’, हुम्दी, नयाँपुल, ठाँटी, चर्याम र  रिभान घरदैलो गरेका हुन्।

खेती थन्काउने महिना भएकाले जनता खेतीपातीमा व्यस्त हुँदा उम्मेदवारसहितको टोली खेतमै पुगेर मतदातासँग मत माग्न भ्यायो।

उनले गत साउनमा गएको पहिरोमा परी पीडित भएका रिभान पहिरोपीडितको लागि पुनर्वासको व्यवस्था गर्न आफूले पहल गर्ने बताए।

‘पहिरोपीडितलाई हामीले त्यतिबेला पनि सक्दो सहयोग गरेका हौँ। म आफै यसमा लागि परेको सबैलाई अवगत छ’-उनले भने।

निर्वाचन परिचालन कमिटी संयोजक दीपक पौडेलले वामपन्थीको विजय भएमात्र देशमा विकास र सुशासन स्थापना हुने भएकाले वाम गठवन्धनलाई विजयी गराउन आग्रह गरे।

- एजेन्सी