टुटेको मन जोड्न काँग्रेसमा मतदानः शर्मा

पोखरा, २८ कात्तिक। नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शुक्रराज शर्माले टुटेको मन जोड्न काँग्रेसमा मतदान गर्न आग्रह गरेका छन्।

काँग्रेस पोखरा १९ को चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै नेता शर्माले टुटेको मन जोड्ने सामर्थ काँग्रेसमा मात्रै भएको बताए।

‘कहिले कम्युनिष्टको नाममा, कहिले धर्मको नाम त कहिले जातको नाममा नेपालीको मन टुटाउने र फुटाउने काम गरिएको छ’-शर्माले भने-‘काँग्रेस टुक्रा टुक्रा भएको मनलाई जोड्न पुलको काम गर्ने छ, त्यसैले पनि काँग्रेसलाई मतदान गर्न आवश्यक छ।’

पहिला यस लामाचौर एरियामा प्रजातान्त्रिकवादीले ज्यादै कष्टकर जीवन बिताउनुपरेको स्मरण गर्दै नेता शर्माले लोकतन्त्रको स्थापनासँगै यस ठाउँमा अहिले सहज रुपमा कार्यक्रम गर्न सक्ने वातावरण बनेको बताए।

‘जहाँ जहाँ प्रजातन्त्रवादीले अगुवाई गर्दैआएको छ, त्यस ठाँउको रुपम पनि फेरिएको धेरै इतिहास छ’-उनले भने-‘प्रजातान्त्रिकवादीले अगुवाइ गरी देशको रुप फेर्न सम्पूर्ण नेपालीलाई म काँग्रेसको रुख चिन्हृमा मतदान गर्न आहृवान गर्दछु।

यस क्षेत्रको मुहार परिवर्तन गर्न पनि हामी उम्मेदवार भएर आएकोले यहाँका मतदाताले परिवर्तनको पक्षमा मत हाल्ने विश्वास लिएको उनले बताए। स्थानीय समस्या समाधानमा नै सधैँ लागिपरेको बताउँदै नेता शर्माले आफ्ने विजयीले यस क्षेत्रको विकासले फड्को मार्ने विश्वास दिलाए।

क्षेत्र ३ प्रदेशसभा (क) कि उम्मेदवार शारदा पौडेलले यस क्षेत्रको विकासमा अहोरात्र खटिने विश्वास दिलाइन्। ‘यसअघि पनि साविक क्षेत्र नं. २ मा मलाई यस क्षेत्रको जनप्रनिधि बनाएर पठाउनुभयो, त्यहीअनुरुप यहाँको विकासमा म कटिबद्ध भएर लागे’-उनले भनिन्-‘फेरि तपाईमाझ आएकी छु। यहाँहरुले पुन विजयी गराए पठाएमा अधुरा काम पूरा गर्ने अवसर पाउने थिएँ। पुनः सेवा गर्ने मौका दिनुहुन्छ भन्ने अपेक्षा गरेकी छु।’

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य रामचन्द्र त्रिपाठी, दीपक गुरुङ, महाधिवेशन प्रतिनिधि बाबुराम आचार्य, काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डे, जिल्ला सदस्य शंकर ढुंगाना, दलित परिचाल समिति पोखरा १९ का संयोजक रविलाल सुनार, स्थानीय समाजसेवी दिलबहादुर अधिकारी लगायत बोलेका थिए।

इकाइ संयोजक महेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रचार समिति संयोजक रामप्रसाद श्रेष्ठले स्वागत र सचिव विष्णु बास्तोला प्रकाशले सञ्चालन गरेका थिए।

यसैगरी, मंगलबार नै पुरुञ्चौर र सार्दीखोलाामा पनि कोणसभा गरिएको थियो।  सभामा बोल्ने अधिकांश वक्ताले लोकतन्त्र संस्थागत गर्न काँग्रेसमा मतदान गर्न आहृवान गरेका थिए। सार्दीखोलामा उम्मेदवारलाई भव्य स्वागत गरिएको थियो। त्यस अवसरमा विभिन्न पार्टीपरित्याग गरी काँग्रेसमा प्रवेश गर्नेलाई उम्मेदवार शुक्रराज शर्माले अबिर लगाइ स्वागत गरे ।

कोणभासँगै आफ्नो पक्षमा मतदातालाई प्रभाव पार्न काँग्रेस कास्की ३ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको व्यस्तता बढ्दो छ।

कतै सर्म्पर्क कार्यलय उद्घाटन त कतै घरदैलोमा उम्मेदवार व्यस्त छन्। निर्वाचन मिति नजिकिँदै जाँदा मतदातालाई आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै उम्मेदवारको दौडधूप निकै बढेको छ।

‘निर्वाचन नजिकिँदैगएको छ । समय छोटो छ मतदाता पनि भेट्नै पर्नेछ’-क्षेत्र नं. ३ का सभापति तथा चुनाव प्रचार समिति संयोजक पोषनाथ शर्माले भने-‘यस क्षेत्रको विकासमा काँग्रेस सधैँ कटिवद्ध भएर लाग्नेछ। भ्याएसम्म सबैलाई भेट्ने कोशिस गरेकै छौं, यदि भेट नभए पनि यहाँहरुले काँग्रेसलाई मतदान गरी विजयी गराउनुहुन्छ भन्ने विश्वास लिएका छौं।’

क्षेत्रीय सचिव तथा चुनाव प्रचार समिति सचिव खिमलाल बास्तोलाले चुनाव प्रचार प्रसारमा तीव्रता दिइएको बताए।

चुनाव प्रचारलाई सांगीतिक माहोलका साथ अझै प्रभावकारी बनाउन गायक चोलेन्द्र पौडेल, अमर धिताल, विकास रम्तेल, ज्योति लोहनी, बाबुराम भण्डारीले साथ दिएका छन्।

यता, प्रदेश -ख) का उम्मेदवार सिकन्दर गुरुङ -भोज) ले पनि चुनावी प्रचार तीव्र पारेका छन्। प्रदेश -ख) प्रचार समिति संयोजक आइबहादुर गुरुङका अनुसार वडा ६ मा घरदैलो कार्यक्रम गरिएको छ। उम्मेदवार गुरुङ सहित त्यस वडामा नेता तथा कार्यकर्ताको सहभागितामा घरदैलो गरिएको हो ।

‘यहाँ भएको घरदैलो कार्यक्रममा सहभागिताले हामीलाई उत्साहित बनाएको छ’-गुरुङले भने-‘यहाँको समग्र विकासका लागि पनि काँग्रेसले जित्नुपर्ने भएकोले रुख चिन्हृमा मतदान गर्न म आग्रह गर्दछु।’ बुधबार पोखरा ५ मा घरदैलो हुनेछ ।

- अादर्श समाज सम्वाददाता