नयाँ शक्तिको चुनावी अभियान

पोखरा, २८ कात्तिक । नयाँ शक्ति पार्टीनेपालले कास्कीमा चुनावी अभियान तीव्र पारेको छ। वैकल्पिक राजनीतिको शुरुवात भन्दै युवा उम्मेदवार अघि सारेको पार्टीले निर्वाचन परिचालनको सर्म्पर्क कार्यालय स्थापना गरी चुनावी घोषणापत्रसहित घरदैलो अभियान तीव्र पारेको हो।

कास्की क्षेत्र २ (क) अन्तर्गत पोखरा ३३, टुँडाको मुख, बाघमारा लगायतमा प्रतिनिधिसभा उम्मेदवार दीपक भण्डारी, प्रदेशसभा उम्मेदवार हेमबहादुर थापा, प्रदेशसभाका समानुपातिक उम्मेदवार चेतबहादुर महत, लक्ष्मी खाती परियार लगायतको संलग्नतामा घरदैलो भएको छ।

उता, प्रतिनिधिसभाका सदस्यका उम्मेदवार सौगात पोखरेलले आफ्नो चुनावी अभियानको शुरुवात गरेका छन्।

नयाँ शक्ति पिएन क्याम्पसको आयोजनामा भएको उक्त कार्यक्रमा कास्की क्षेत्र १ बाट अध्ययनको लागि क्याम्पस आएका विद्यार्थीसँग अन्तक्रिर्या गरी उनले आफ्नो अभियानको थालनी गरेका हुन्।

देशकै सबैभन्दा बढी उर्जावान् र क्षमतावान् युवा क्याम्पसमा रहेको कारण आफूले क्याम्पसबाट चुनावी अभियान थालनी गरेको उनले बताए।

उनले अहिलेको चुनावी प्रचारलाई ब्यङ्य गर्दै भने-‘चुनावको बेला नेपालका मतदाता साह्रै भाग्यमानी अब जनताको धान काट्न र चुट्न, खेत जोत्न र भैसी दुहुने काम अरु उम्मेदवारले गरिदिन्छन्। तर हामी अघिल्लो चुनावमा तिनै दलका प्रचार गरेर विदेश हानिएको जेठो छोरोलाई देश फर्काउने काम चाँहि हामी गछौर्ँ।’

कार्यक्रममा नयाँ शक्ति क्षेत्र नं. १ ‘क’ उम्मेदवार नारायणहरि तिवारीले पुराना दलले काम गरेकै कारण आज देशबाट ४२ लाख युवा पलायन भएको बताए । उनले भने-‘ती युवा देश फर्काउने जिम्मा हाम्रो काँधमा आएको छ।’

कास्की क्षेत्र १ ‘ख’ का उम्मेदवार कमल थापाले युवा विद्यार्थीलाई समृद्ध मुलुक निर्माण गर्ने अभियानमा लाग्नका लागि आब्हान गरेका थिए।

नयाँ शक्ति विद्यार्थी युनियन पिएन क्याम्पसको अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव विशाल तिमिल्सिनाले गरेका थिए।

- एजेन्सी