बालबालिका नेताको क्यारिकेचर गर्दै

पोखरा, कात्तिक २८ गते । मुलुक निर्वाचनमय भइरहेको बेला बालबालिका भने राजनीतिक पार्टीर नेताको क्यारिकेचर गर्दै प्रहसनमा उत्रिएका छन् ।

लामाचौरस्थित गण्डकी बोर्र्डि· स्कुलका कक्षा १० का विद्यार्थीले पार्टीतथा नेताको दुरुस्तै शैलीमा क्यारिकेचर गर्दै तिरो व्य· प्रहार गरे ।

विद्यार्थीको समग्र विकास र अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यबाट विद्यार्थीको नेतृत्वमै सञ्चालन भएको विविध सांस्कृतिक कार्यक्रममा उनीहरुले शीर्ष नेताको बोल्ने शैली, ढाँचा र राजनीतिक भाषणकै नक्कल गरेर सबैलाई पेट मिची मिची हँसाएका हुन् ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको भूमिकामा देखिएका कक्षा १० का मन्दिप सुवेदीले भन्दै थिए-‘लोकतन्त्रवादी एक भएपछि पार्टीले चुनाव जितिहाल्छ ।’

त्यसैगरी, पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको भूमिकामा स्टेज उत्रिएका कुशल सुवेदीले निर्वाचनमा जानु पर्‍यो भन्दै कार्यकर्तालाई सम्बोधन गर्दै भने, घरदैलो भनेको घरभित्र पस्ने दैलो भन्दै व्य· पस्के ।

दुरुस्तै पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको नक्कल गर्दै थिए-विश्वास पौडेल। उनले भने-‘कहिले काँग्रेसको घोडा चढ्नुपर्छ, कहिले सबै कम्युनिष्ट एक भएर हिड्नुपर्छ ।’

यस्ता, प्रस्तुतिले विद्यार्थीले नेपालको समसामयिक राजनीतिक विषयवस्तु राम्रोसँग बुझेका छन् भन्ने कुरा देखिएको विद्यालयका प्राचार्य रव्रि्रसाद बराल बताउँछन् ।

उक्त अवसरमा कक्षा ७ देखि १२ तथा ए-लेभलको तहगत सांस्कृतिक कार्यक्रममा विद्यार्थीले प्रहसनसहित गायन, नृत्य, नाटक प्रदर्शन लगायत प्रस्तुति देखाएका थिए ।

विद्यालयले विभिन्न समयमा यस्तै प्रकारका विविध कार्यक्रम संचालन गर्दैआएको प्राचार्य बरालले बताए ।

५२ वर्षअघि स्थापित गण्डकी बोर्र्डिङ स्कुल नेपालकै उत्कृष्ट मध्येको एक विद्यालय हो । विद्यालयले राष्ट्रिय मात्र नभै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान आएको छ । विद्यालयमा हाल एक हजार तीन सय विद्यार्थी पढ्छन् ।

- अादर्श समाज सम्वाददाता