कास्की मोर्डनाइज्डमा बेल्ट टेस्ट

पोखरा, २८ कात्तिक। कास्की मोर्डनाइज्ड एकेडेमीमा तेक्वान्दो प्रशिक्षण लिइरहेका विद्यार्थीको बेल्ट टेस्ट भएको छ।

कक्षा ३ देखि १० कक्षासम्मका विद्यार्थीले दिएको टेस्टमा ६० जना उत्तीर्ण भए ।

कार्यक्रममा विद्यालयका प्राचार्य रामबहादुर मोची र स्कूल इन्चार्ज शिवलाल उपाध्याय लगायतले उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिए।

टेस्टमा क्षेत्रीय प्रशिक्षक बलराम लामा, कास्की जिल्ला तेक्वान्दो संघका सहसचिव ललितबहादुर धामी, विद्यालयका तेक्वान्दो प्रशिक्षक कृष्ण महर्जनले सहजिकरण तथा बेल्ट टेस्ट गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख चुननारायण श्रेष्ठले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता