गण्डकी विकास बैंकको विर्तामोडमा शाखा

पोखरा, २७ कात्तिक । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैकको झापाको विर्तामोडमा शाखा विस्तार गरेको छ ।

शाखाको बैंक अध्यक्ष जगनबहादुर गुरुङ उद्घाटन गर्दै बैंकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तीय पहुँच नपुगेका ठाउँमा पनि विस्तार गर्दै लगिने बताए । उनले मुनाफामात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाइ विशेष जोड दिने बताए ।

बैकका नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधिबारे प्रकाश पारे ।

उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भट्टराईले पनि उक्त अवसरमा शुभकामना मन्तव्य दिए ।

उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटिएम, एसएमएस, मोवाइल बैंकिङ, रेमिटेन्स सेवासहित पूर्ण बैंकिङ सेवा सञ्चालन गरिएको नायव प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्यले जानकारी दिए ।

बैंकले आव २०७३/७४ मा सञ्चालन मुनाफा ८५ करोड आर्जन गर्न सफल भएको थियो बैंकले जनाएको छ । सो अवधिसम्म निक्षेप १८ अर्ब ३३ करोड, कर्जा १६ अर्ब ५१ करोड पुर्‍याएको छ । साथै बैंकको निस्क्रिय कर्जा ०.४ प्रतिशत छ ।

बैंकले केन्द्रिय कार्यालय सहित झण्डै ६० शाखामार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस, एटिएम, एसएमएस, बैकिङ सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, ३ सय ६५ दिन बैकिङ सेवा तथा सन्ध्याकालीन सेवा प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम थापाले बताए ।

बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समूहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको जनाएको छ ।

- एजेन्सी