जलविद्युत्मा लगानीमैत्री वातावरण

लमजुङ, २७ कात्तिक। लमजुङमा जलविद्युत् आयोजनाका लागि लगानीमैत्री वातावरण बन्दै गएको छ। यसैक्रममा दोर्र्दीखोला करिडोरमा जलविद्युत् निर्माणमा २२ अर्ब लगानी कार्य शुरु भएको छ ।

जिल्लाको पूर्र्वी क्षेत्रमा रहेको दोर्र्दी करिडोरका चार वटा आयोजना र दोर्र्दी नजिकैको छ्याङ्दी खोलामा निर्माण सम्पन्न भइसकेको दुर्इ मेगावाट क्षमताको छ्याङ्दी खोला जलविद्युत् आयोजनाले हालसम्म यो करिडोरमा २२ अर्ब लगानी गरेको जिल्ला समन्वय समितिका प्रमुख स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताए। उनका अनुसार ती पाँच जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमता एक सय २० मेगावाट रहेको छ।

स्वदेशी लगानीमा निर्माणको तयारीमा रहेको सुपर दोर्र्दी-ख जलविद्युत् आयोजनाले पूर्वाधार निर्माण, सडक र विद्युतीकरणको काम सम्पन्न गरिसकेको छ।

आयोजनाको निर्माण लागत आठ अर्ब २९ करोड रुपैयाँ रहेको सुपर दोर्र्दी इन्भेष्टमेन कम्पनीका अध्यक्ष इजन बरालले बताए। उनका अनुसार सो अयोजनाको उत्पादन क्षमता ५४ मेगावाट रहेको छ।

यसैगरी, दोर्र्दी खोलामै निर्माण थालिएको अर्को दोर्र्दी-ए जलविद्युत आयोजनाको हालसम्म ५० प्रतिशत काम सकिएको आयोजनाका निर्देशक राजेन्द्र वस्तीले बताए। उनले आयोजनामा चार अर्ब रुपैयाँ लगानी हुने बताए । त्यसको उत्पादन क्षमता २५ मेगावाट छ। सो अयोजना निर्माणका लागि लिबर्टीइनर्जी कम्पनी लिले २०६९ मा पिपिए सम्पन्न गरेको थियो। आयोजना आगामी वर्षको मंसिरमा सक्ने लक्ष्यका साथ शुरु भएको आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा नौ बैंकले लगानी गरेको वस्तीले जानकारी दिए। उनका अनुसार ग्रसहेड तीन सय २५ मिटर रहेको आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर निष्कासन गर्ने तयारी गरेको छ।

उक्त आयोजनाको २०७७ असारसम्म काम सक्ने लक्ष्यका साथ काम भैरहेको अब आयोजना निर्माण चरणमा प्रवेश गरेको सो आयोजनाका निर्देशक अर्जुन गौतमले बताए। २०७१ सालमा विद्युत् खरिद सम्झौता -पिपिए) गरेको सो आयोजनामा नविल बैंकको अगुवाइमा नौवटा बैंकले लगानी गरेका छन्।

सो आयोजना पानीको बहावमा आधारित छ, जसको कुल ग्रस हेड छ सय ४० मिटर रहनेछ। सो अयोजनाको विद्युत् उत्पादन क्षमता वाषिर्क ३१ करोड ५० लाख युनिट हुने बताइएको छ।

त्यस्तै, २७ मेगावाट क्षमताको दोर्र्दी खोला जलविद्युत् आयोजनामा गैरआवासीय नेपाली संघ -एनआरएन) को ३६, स्थानीय सर्वसाधारणको ३० प्रतिशत र आइर्एमई गुप्रको ३४ प्रतिशत लगानी छ।

आयोजनाको निर्माण कार्य २०७५ चैतसम्म सक्ने लक्ष्य रहेको आयोजनाका प्रवर्द्धक गुरुप्रसाद ढकालले बताए। यस्तै, जिल्लावासीलाई १० प्रतिशत र अन्यलाई २० प्रतिशत पब्लिक सेयर जारी गरिसकेको छ। आयोजनाको कुल निर्माण लागत चार अर्ब २३ करोड लाग्ने अनुमान गरिएको छ।

यसैगरी, लमजुङ विद्युत् विकास कम्पनीको नेतृत्वमा निर्माण चरणमा रहेको अर्को दोर्र्दी – १ जलविद्युत् आयोजना छ। त्यसको निर्माण लागत दुर्इ अर्ब ३९ करोडको अनुमान गरिएको छ। सो आयोजनाको उत्पादन क्षमता १२ मेगावाटको छ। यो आयोजना २०७६ माघमा सक्ने लक्ष्य छ। आयोजना निर्माणका लागि लक्ष्मी बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गर्ने र त्यसको सम्झौता भइसकेको आयोजनाको निर्माण कम्पनीका अध्यक्ष अनिलकुमार रुङटाले बताए।

उता, दुर्इ मेगावाट क्षमताको छ्याङ्दीले तोकेको समयमा काम सम्पन्न गरिसकेको छ। आफै ट्रान्समिसन लाइन बनाएर राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको सो आयोजनाले फेरि छ्याङ्दी खोलामा चार मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजना बनाउने लक्ष्य लिएको जनाएको छ।

- अादर्श समाज सम्वाददाता