ओमकार साधना सम्पन्न

पोखरा, २७ कात्तिक। सनातन धर्म सेवा समिति कास्कीले ओमकार साधना शिविर शनिवार सम्पन्न गरेको छ।

सो शिविरमा प्रमुख अतिथि नेपालकेशरी डा. मणिभद्रजी महाराजले सेवाभन्दा अर्को खुशी नभएकाले सबैलाई मानवताको सेवा गर्न आग्रह गरे। उनले सेवा र साधना विना मानव अपूर्ण हुने भन्दै साधनाले परिस्कृत भएका व्यक्ति नै व्यक्तित्वमा रुपान्तर हुने बताए। सो अवसरमा कलाकार रामभक्त जोजिजूले विशेष भजन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजू स्वामी आलोक र आन्दमार्ग प्रचारक संघका पूर्व केन्द्रीय सदस्य यज्ञप्रसाद बास्तोलाले आ-आफ्ना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा प्रार्थना, भजन, ओमकार उच्चारण र ध्यान, हाँसो, नृत्य आदि प्रस्तुत गरिएको थियो।

- अादर्श समाज सम्वाददाता