पूर्वप्रधानमन्त्री विष्टको निधन

काठमाडौँ, २५ कात्तिक। पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षो उमेरमा शनिबार निधन भएको छ।

लामो समयदेखि पेटको अर्बुद रोगबाट अस्वस्थ्य विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा बिहान १० बजे निधन भएको थियो।

काठमाडौँको ठमेलमा जन्मेका विष्ट चार पटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्रको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष थिए। उनलाई नेपाली राजनीतिमा नैतिकवान् नेताका रुपमा चिनिन्छ।

विष्टको धार्मिक परम्परानुसार शनिबार नै पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको छ।

उनको पार्थीव शरीरमा श्रद्धाञ्जलि दिन पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल तथा राप्राका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापालगायत विभिन्न दलका नेता सहभागी थिए।

स्वर्गीय विष्टका दुर्इ छोरा र तीन छोरी छन्। दुर्इ वर्षघि उनका श्रीमती र एक छोराको निधन भएको थियो।

- अादर्श समाज सम्वाददाता