उम्मेदवारलाई सुरक्षा दिन आयोगको आग्रह

काठमाडौं, २५ कात्तिक। पछिल्ला दिन चुनाव प्रचारक्रममा उम्मेदवारमाथि अज्ञान समूहको आक्रमण बढ्दै गएपछि निर्वाचन आयोगले उम्मेदवारको सुरक्षा प्रत्याभूति गर्न सरकारसँग आग्रह गरेको छ। शुक्रबार रुकुममा र शनिबार रोल्पामा माओवादी केन्द्रका उम्मेदवारमाथि अज्ञात समूहले बम प्रहार गरी आक्रमण गरेपछि निर्वाचन आयोगले सुरक्षा प्रत्याभूतिका लागि सरकारको गम्भीर ध्यानकर्षा गराएको हो। प्रमुख निर्वाचन आयुक्त डा अयोध्रि्रसाद यादवले उम्मेदवार तथा मतदातालाई सरकारले तत्काल सुरक्षाको प्रत्याभूति गर्नुपर्ने माग गरेका छन्।

उनले भने-‘सरकारले उम्मेदवारदेखि मतदातासम्मको सुरक्षाको लागि विशेष सुरक्षाको व्यवस्था गर्नुपर्छ, उम्मेदवारलाई लक्षित गरेर जुन किसिमका घटना भएका छन्, यसबारे आयोगको गम्भीर ध्यानाकर्षा भएको छ।’

निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्नको लागि सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा  उनको जोड थियो।

शनिबार काठमाडौमा भएको एक कार्यक्रममा प्रमुख आयुक्त यादवले पछिल्लो सुरक्षा चुनौतीको बारेमा आइतबार दिउँसो उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बसेर थप रणनीति बनाउने जानकारी दिए। उनले भने-‘यो घटनामा हामी विशेष चिन्तित छौं, भोलि उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बस्दैछ, घटनाबारेमा हामीले भन्दा पनि सुरक्षा निकायले जवाफ दिन्छ, उम्मेदवारदेखि मतदातासम्मको सुरक्षाको प्रत्याभूति हुनुपर्छ।’

यस्ता घटनालाई जोडेर मंसिर १० र २१ गते हुने निर्वाचन सर्ने भनेर प्रचार नगर्न प्रमुख आयुक्तको आग्रह थियो। ‘मंसिर १० र २१ गतेको निर्वाचन अकाट्य छ, निर्वाचन नहुने भन्ने कुरामा कतै शंका नगर्नुहोस्, तर यस्तो घटनाबाट सबै संयमित हुनुपर्छ’-उनले भने। यादवले निर्वाचन नहुने भन्ने कुरामा आफूले नसोचेको समेत दाबी गरे। उनले थपे-‘पुसदेखि अहिलेसम्मको कुरा गर्नुहुन्छ भने मेरो न्रि्रा पनि पातलो भएको छ, निर्वाचनको स्वामित्व सबैले लिइसकेका छौं, अब यो बिसाउन मिल्दैन।’

आयोगले अहिले निर्वाचन तयारीक्रममा राष्ट्रिय-अन्तराष्ट्रिय पर्यवेक्षकसँग पनि निरन्तर छलफल गरिरहेको जानकारी दिँदै निर्वाचन सफल पार्न सबैले आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए।

पूर्व अर्थमन्त्रीको चढेको गाडीमा बम

रोल्पाको माडी गाउँपालिका- १, ओतको जंगलमा माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षान पुन चढेको गाडीलाई लक्षित गरी शनिबार मध्यान्ह माइन बम विस्फोट गराइएको छ। जिल्लाको सुकिदह गाउँपालिकामा चुनाबी कार्यक्रम सकेर र्घर्तीगाउँ र्फकने क्रममा पुन चढेको गाडी माडी गाउँपालिका- १ भित्तावाड नजिकै पुग्दा पेदीखोलामा बम विस्फोट भएको प्रहरीले जनाएको छ। बिस्फोटमा मानवीय क्षति टरेको छ। रोल्पाको जिनावाडबाट र्घर्तीगाउँमा हुने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पुनमाथि लक्षित गरी बम विस्फोट भएको हो।घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबारमात्रै रुकुममा बिना विभागीय मन्त्री तथा पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी दुर्इवटा बम प्रहार भएको थियो। पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ गोइरीमा शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको हो। चौरजहारी नगरपालिकाको चुनावीसभा सकेर पूर्व गृहमन्त्रीसमेत रहेका शर्मासहित प्रचार टोलीले सानीभेरी गाउँपालिकाको सिम्लीतर्फआउँदै गर्दा सडकमाथिबाट बम प्रहार भएको हो।बम प्रहारबाट कुनै क्षति भएको थिएन।

- अादर्श समाज सम्वाददाता