पोखरा ट्रेड मल अध्यक्षमा थापा

पोखरा, २५ कात्तिक। पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिको पाँचौं वाषिर्क साधारणसभा तथा दोस्रो अधिवेशनबाट सञ्चालक समिति अध्यक्षमा विन्दुकुमार थापा निर्विरोध निर्वाचित भएका छन्।

शनिबार सम्पन्न अधिवेशनबाट प्रबन्ध सञ्चालकमा मीनराज काफ्ले, सञ्चालकमा  (अर्थ) दीपककुमार मुल्मी, सन्तोषकुमार घिमिरे, वासुदेव पराजुली, शिव शर्मा र राजुकुमार शर्मा निर्वाचित भएको कम्पनी सचिव माधव तिमिल्सिनाले जानकारी दिए।

विभिन्न व्यवसायमा आबद्ध व्यवसायीको सहलगानीमा प्रदेश नम्बर ४ कै पहिलो र अत्याधुनिक मल पोखराको चिप्लेढुंगामा सञ्चालित छ। मलमा व्यापारिक सटरका अतिरिक्त दुर्इ मल्टिप्लेक्स हल सञ्चालनमा छन्। किनमेलका लागि आएका उपभोक्तालाई मनोरञ्जनका लागि सञ्चालित यी हलमा दिन प्रत्रि्रतिदिन आकर्षा बढ्दै गएको सञ्चालक सन्तोषकुमार घिमिरेले बताए।

ट्रेड मलभित्र ग्रोसरी सामान, फेन्सी, गहना अर्थात् नूनदेखि सुनसम्मका सामग्री पाइन्छन्। ब्रान्डेड सामानका लागि अहिले उपभोक्ताले ट्रेड मललाई रोज्ने गरेको अध्यक्ष थापाले बताए। बैंक, सहकारी २० प्रकारभन्दा बढीका व्यावसायिक प्रतिष्ठान मलभित्र सञ्चालनमा छन्।

अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन अधिकृत अधिवक्ता दामोदर अधिकारी रहेका थिए।

- एजेन्सी