स्रष्टाको बगैंचा गु्रपद्वारा मृर्गौला पीडितलाई सहयोग

पोखरा, २५ कात्तिक।स्रष्टाहरूको बगैँचा गु्रपद्वारा मृगौलापीडित गगा दाहालका लागि १० हजार सात सय ८५ रूपैयाँ आर्थिक सहयोग गरेको छ।

साहित्य र सङ्गीतले अक्षर मात्र हैन पीडा र दुःखमा छट्पर्टाई रहेका मनका लागि कहिले सिर्जनाले त कहिले मन मुटु र अर्थले पनि मलम लगाऊन सकियोस् भन्ने उद्देश्यका साथ उक्त सहयोग गरिएको हो।

हरिदेवी कोइराला गणेश टोल, रिता खड्का सर्लाही, राधा नेपाल इटहरी, अम्बिका पोखरेल कार्की सर्लाही, तारा शर्मा चितवन, भवानी तिमल्सिना हेटौंडा, राजु क्षेत्री अपुरो लाहाचोक कास्की, पुष्पा केसी भण्डारी पोखरा, गौरी तमु पोखरा, ठाकुरप्रसाद बराललगायतले सहयोग गरेको साहित्यकार अम्बिका भण्डारीले जानकारी दिइन्।

उक्त रकम ढिकुरपोखरी सर्म्पर्क समाज पोखराको १० औं वाषिर्क साधारणसभाको अवसरमा हस्तान्तरण गरिएको हो।

- अादर्श समाज सम्वाददाता