लायन्स क्लब सिमसारको रक्तदान

लेखनाथ, २५ कात्तिक। लायन्स क्लब अफ लेखनाथ सिमसारले शनिबार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ।

पहिलो रक्तदाता तारा ढकाललाई ब्लडब्याग हस्तान्तरण गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले कार्यक्रम उद्घाटन गरेका थिए। उनले लायन्स क्लबले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै रक्तदान महत्वबारे प्रकाश पारेका थिए।

क्लब अध्यक्ष बसुधा भट्टर्राईको अध्यक्षतामा भएको कार्यक्रममा डाँडाकोनाक प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक गोविन्द पुरी, लायन्स क्लबका र्डाईभेटिक कमिटी कोड चेयपर्सन टेकनाायण पौडेलले मधुमेह रोगबाट बच्ने उपायबारे जानकारी गराएको उक्त कार्यक्रमको सञ्चालन सचिव नानुमाया रानाभाटले गरेकी थिइन्।

उक्त अवसरमा लेखनाथ सिटी हस्पिटलको सहयोगमा निःशुल्क मधुमेह रोग परीक्षण गरी रोगबाट बच्ने उपायबारे जानकारी गराइएको थियो।

- अादर्श समाज सम्वाददाता