ढिकुरपोखरी समाजको १० औं साधारणसभा

पोखरा, २५ कात्तिक । ढिकुरपोखरी समाज, पोखराले आफ्नो १० औं साधारणसभासँगै मृगौलापीडित गंगा दाहालको उपचार्रार्थ ४० हजार रुपैयाँ संकलन गरी सहयोग प्रदान गरेको छ । पोखरामै उपचाररत दाहाललाई समाजमा आबद्ध सदस्यले स्वतःस्फूत रकम संकलन गरी दान गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिका वडा नं. १, २ र ३ सम्मिलित ढिकुपोखरीबाट पोखरा आई बसोबास गर्नेहरूको साझा समाजको साधारणसभाको उद्घाटन स्थानीय समेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले गरे । प्रजिअ अधिकारीले आफ्नो ठाउँमै आएर सेवा गर्न पाउँदा भाग्यमानी महसुस गरेको बताए । उनले गाउँ छाडेर पोखरामा बसोबास गरे पनि आफ्नो जन्मथलोको सेवामा सदा तत्पर रहने हेतु समाजले गतिविधि अघि बढाएकोमा सन्तोष व्यक्त गरे ।

कार्यक्रममा समाजका सल्लाहकार रामचन्द्र पौडेल, आशबहादुर गुरुङ, कुलबहादुर गुरुङ कुलु, लोकराज भण्डारी लगायतले गाउँको सेवा र विकासमा लाग्नुपर्ने बताए ।

समाजका अध्यक्ष लालबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बाबुराम भण्डारीले वाषिर्क प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मी अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

सो अवसरमा समाजले भ्याली फुड्स प्रालिका प्रोप्राईटर लोकनाथ भण्डारी, होटल बाराहीका हर्रि्रसाद पौडेल, केफ उच्च माविका र्डाईरेक्टर लोकराज भण्डारी, गायिका सरिता अधिकारीलाई सम्मान गरेको थियो ।

यस्तै, कक्षा १२ उत्तीण्ा १३ जना विद्यार्थीलाई समेत सम्मान गरियो ।

२०६४ सालमा स्थापित समाजमा हाल २ सय ४० आजीवन सदस्य तथा ३ सय ६० जना साधारण सदस्य छन् ।

- अादर्श समाज सम्वाददाता