मेगा बचतको साधारणसभा

पोखरा, २५ कात्तिक। मेगा बचत तथा ऋण सहकारी संस्था, न्यूरोडको सातौं वाषिर्क साधरणसभा शनिबार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष ध्रुवराज चालिसेले साधारणसभा उद्घाटन गर्दै सरकारको गरिबी निवारण कोषबाट प्रदान गरिएको न्यून व्याजदरको ५० लाख मेघा मार्फ् शेयर सदस्यलाई उपलब्ध गराइएको जानकारी दिए। उनले अन्तराष्ट्रिय गैरसरकारी संस्थासँग सहकार्य गरी उद्यमशीलता र उत्पादनमुखी क्षेत्रमा लगानी गर्नका लागि थप बजेट ल्याउने तयारीमा रहेको बताए।

उनले २०७३/०७४ को आम्दानी र खर्च विवरण, भावी योजनासहितको प्रगति विवरण प्रस्तुत गरेका थिए भने लेखा समितिका सदस्य पितमप्रसाद अधिकारीद्वारा प्रस्तुत गरिएको लेखा समितिको प्रतिवेदन साधारण सभाले अनुमोदन सहित पारित गरेको छ।

कार्यक्रममा सोनु गुरुङले सहकारीको नीति नियम र मान्यता अनुसार संस्था चलेको हुँदा निर्धारण गरिए अनुसारको लाभांश वितरण गर्नुले पारदर्शिता र सुशासन भएको प्रमाणित गरेको बताइन्।

ज्येष्ठ नागरिक तथा सम्मानित व्यक्तित्व श्रीमति राधादेवी बास्तोलाले मेगाको आर्थिक क्षेत्रफल अझ फराकिलो बनाउन संस्थाको प्रगति र उन्नतिमा सबै सदस्य चिन्तित हुनुपर्नेमा जोड दिइन्।

उक्त अवसरमा संस्थापक अध्यक्ष एवं सल्लाहकार टंकप्रसाद अधिकारी, सल्लाहकार काशीनाथ काफ्ले र पन्नालाल गिरीलाई सम्मान गरिएको थियो। वर्षर उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी अप्सरा भुजेल, टीकादेवी पौडेल, सीमा कुँवर र दीपक सुवेदीलाई सम्मान गरियो।

अध्यक्ष चालिसेको अध्यक्षतामा सञ्चालित कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्रप्रसाद शर्माले सहकारीका सात सिद्धान्त वाचन र सचिव केशव काफ्लेले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

- एजेन्सी