पोखरा थियटरमा वाङ्मयिक संस्थाको जमघट

पोखरा, २५ कात्तिक। पोखरेली वाङ्मयिक संस्थाका अध्यक्ष शनिवार पोखरा थियटरमा भेला भएका छन्।

उनीहरूले पोखराको नाटकलाई कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरेका छन्।

थियटरले औपचारिक नाटक मञ्चन शुरू गर्नुअघि विभिन्न विधा र क्षेत्रका संस्था र व्यक्तिसँग भेटघाट गर्ने क्रममा शनिवार पोखराका साहित्य, संगीत, कला, संस्कृतिका क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको हा हो ।

कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले पोखराबाट नाटकका क्षेत्रमा ठूलो योगदान गर्न सकिने भएकाले त्यसलाई  संस्कृतिसँग जोडेर अगाडि बढन् आवश्यक रहेको धारणा व्यक्त गरे।

हरिदेवी कोइराला साहित्य संगीत कोष तथा स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सञ्चार र संस्थाकातर्फाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीपले थियटरलाई व्यावसायिकता दिन सके पोखराको रङ्गमञ्चले गति लिने सक्ने बताए।

गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष गौरी तमुले पोखराको सेरोफेरोका संस्कृतिलाई समेटेर नाटक तयार पार्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा प्रगतिशील लेखक संघ, कास्कीका अध्यक्ष भीम रानाभाट, गण्डकी साहित्य सङ्गमका अध्यक्ष कृष्णराज अधिकारी, गुरुकुल संगीत प्रशिक्षण केन्द्रका प्रबन्ध निर्देशक तीथराज पोखरेल, मुक्तक मञ्चका अध्यक्ष प्राञ्जल, गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदी, सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले,   जनसांस्कृतिक महासंघ प्रदेश नं. ४ का संयोजक मदन भण्डारी, संर्घष्ामा कलम साहित्य समाजका निवर्तमान अध्यक्ष असफल गौतम, साहित्य शृङ्खलाका सहसंयोजक लक्ष्मी थापा, दीपशीखा साहित्य सङ्गमका अध्यक्ष रामजीप्रसाद आचार्य, र्‍याण्डम रिर्डस सोसाइटीकी मीरा ढकाल, पोखरेली न्युज साप्ताहिकका सञ्जय मल्ल, जोजिजू म्युजिक सेन्टरकी सानु जोजिजू, लेखनाथ साहित्य प्रतिष्ठानका धर्मराज पौडेल लगायतले पोखरा थियटरलाई आफ्नो तर्फाट सहयोग गर्न तयार रहेको बताए।

कार्यक्रम सञ्चारकर्मी रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको थियो।

- अादर्श समाज सम्वाददाता