मेला प्रचार गर्न काठमाडौतिर

पोखरा, २३ कात्तिक। राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को प्रचार प्रचार तथा व्यवस्थापनको लागि पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल राजधानी प्रस्थान गरेको छ। संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा काठमाडौं गएको टोलीमा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्णकार्की, महासचिव दामु अधिकारी, कोषाध्यक्ष पवनकुमार प्रजापति र उपमहासचिव अर्जुन पोखरेल सहभागी छन्।

काठमाडौंमा संघको प्रतिनिधिमण्डलले पुस २७ देखि माघ ८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने व्यापार मेलाको प्रचार प्रसार गर्नुका साथै प्रायोजन एवं कलाकार व्यवस्थापनको पहल गर्ने जनाइएको छ।

पोखरा उद्योग वाणिज्य संघले आर्थिक उत्थानको लागि नेपालमै पहिलो पटक मेला महोत्सवको आयोजना गरेको थियो। त्यही परम्परालाई निरन्तरता दिँदै यो पटकको मेलालाई अझ भव्य र उत्कृष्ट बनाउने लक्ष्य लिइएको संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए। मेलाको लागि स्टल बुकिङ समेत खुला भएको जनाइएको छ।

- एजेन्सी