पोखरा भित्रियो डाटसनको रेडि-गो कार

पोखरा, २२ कात्तिक। पोखरामा डाटसन कम्पनीअन्तर्गत अर्वान क्रस मोडलको रेडि-गो कार बिक्री शुरु भएको छ।

डाटसन ब्राण्डको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता थ्री एस ट्रेड हाउसले रेडि-गोको बिक्री शुरु गरेको हो।

सुपथ मूल्यमा खरिद, स्पेयर पार्टस् उपलब्ध, उत्कृष्ट ग्राउण्ड क्लियरेन्स आकर्षक लुक्स, पावर स्टेयरिङ, पावर विण्डो लगायत विशेषताका कारण डाटसनको रेडि-गो कार ग्राहक रोजाइमा परेको हाउसका प्रबन्धक गोपाल बरालले जानकारी दिए।

प्रतिलिटर कारको माइलेज २२ दशमलव ५ किमी छ। ८ सय र १२ सय सीसीको रेडि-गो कारको सफल बिक्रीपछि पोखरामा एक हजार सिसीको रेडि-गो कार भित्र्याइएको प्रबन्धक बरालले बताए।

उक्त कारमा सुपेरियर सस्पेन्सन सिस्टम, इनर्जी, एब्जबिङ स्टेयरिङ हृवील र चालकको सुरक्षाका लागि एअर ब्यागसहितको सुविधा रेडि-गो कारमा शुन्य दशमलव ८ र १ दशमलव शून्य लिटर थ्री सिलिण्डर आई-एसएटी इञ्जिन छ।

- अादर्श समाज सम्वाददाता