ए एण्ड वीमा अमेरिकन डा ग्रेग मण्डिस

पोखरा, २२ कात्तिक। ए एण्ड वी इन्टरनेशनल हस्पिटलमा नेपालकै कठिन मानिएको मेरुदण्ड ९क्उष्लभ० सर्जरीका लागि अमेरिकाको क्यालिफोर्र्नियाबाट डा ग्रेग मण्डिसले सेवा दिएका छन्।

डा ग्रेगले अघिल्लो हप्ता दर्जनौ बिरामीको उपचार तथा सर्जरीमा आफ्नो संलग्नता गराएको मेडिकल डाइरेक्टर डा रविमोहन ढकालले जानकारी दिए।

डा ग्रेग क्यालिफोर्र्नियाको स्क्रिप्पस ग्रिन हस्पिटलमा सेवारत छन् भने ग्लोवल स्पाइन आउटरिच प्रोग्रामका फाउण्डर डाइरेक्टर पनि हुन्। अमेरिकामा उत्कृष्ट सर्जरी उपचार गर्ने डा ग्रेगले नेपालको पोखरा विन्ध्यवासिनीस्थित ए एण्ड वी इन्टरनेशनल हस्पिटलमा आएर विरामीको उपचारमा संलग्न हुँदा धेरै विरामीले स्वास्थ्य लाभ लिएको डा रविमोहन ढकालको दावी रहेको छ।

सेवा विस्तारको छोटो समयमै जटिल स्वास्थ्य समस्या निदानका लागि हस्पिटलले महत्वपूर्ण कदम चालेको हस्पिटलका अध्यक्ष डा अनिल बाबु पराजुलीले जानकारी दिए।

नेपाल सरकारले तोकेको मापदण्डको पालना गर्दै र मेडिकल क्षेत्रमा देखिने गलत क्रियाकलापलाई निरुत्साहित गर्दै विशुद्ध बिरामीको सेवामा लाग्ने साथै गरीब तथा असाहयका लागि विशेष सहुलियत गर्दै गएको प्रबन्ध निर्दैशक ऋषि खतिवडाले बताए।

- अादर्श समाज सम्वाददाता