पिस पोष्टर प्रतियोगिता


पोखरा, १९ कात्तिक। शान्तिको सन्देश दिन लायन्स क्लब अफ पोखरा पिस टाउनले स्कुले विद्यार्थीमाझ पिस पोष्टर प्रतियोगिता सम्पन्न गरेको छ।

कालिका माविमा भएको प्रतियोगितामा विद्यालयका कक्षा ७ विद्यार्थीले शान्तिको झलक दिने खालका पोष्टर प्रदर्शन गरेका थिए।

सो प्रतियोगितामा कक्षा ७ की छात्रा वीनिता परियार प्रथम भइन्। कक्षा ७ का डम्बरबहादुर गुरुङ र कास्मीर मगर तेस्रो र लक्ष्मण खत्री चौथो भए।

विजयीलाई प्रमुख अतिथि एमजेएफ उर्मिला श्रेष्ठले पुरस्कार विवरण गरेकी थिइन्।

लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष सीता कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा निर्णायक कालिका माविका प्राचार्य बलराम गिरी, शिक्षक बासुदेव अधिकारी, सरलाकुमारी तिमिल्सिना, पिस टाउनका सचिव शोभा अधिकारी पौडेल लगायत बोलेका थिए।

- एजेन्सी