कल्चरल डान्सको उपाधि बेसलाइनलाई

पोखरा, १९ कात्तिक। पोखरामा भएको गोल्डेन ढाका टोपी कल्चरल डान्स कम्पिटिसनको उपाधि बेसलाइन एकेडेमीले हात पारेको छ।

फाइनल प्रतिष्पर्धामा पूर्वाञ्चलको लोकप्रिय साकेला प्रस्तुत गर्दै उपाधिसहित सुनको जलपयुक्त ढाकाटोपी हात पारेको होे।

एमनुज डान्स स्कुल, बिटुडी डान्स क्रू र मिरर किङ् इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा कास्की मोर्डनाइज्ड बोर्डिङ स्कुल फस्ट रनर अप भयो। उसले कौडा प्रस्तुत गरेको थियो।

प्रतियोगितामा सरस्वती बोर्डिङ स्कुल तृतीय हुँदा भ्यूअर च्वाइसको अवार्ड राइजिङ गर्ल्स ग्रुपले हात पार्‍यो।

यस्तै, वेस्ट कोरियोग्राफर समेत राइजिङ गर्ल्स ग्रुपकी कोरियोग्राफर स्मृति गुरुङ भइन्।

फस्ट रनरअपले २० हजार, सेकेण्ड रनरअप सहित अन्यले नगद १० हजारसं’गै ट्रफी र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगिताको फाइनलमा सात टोलीले भाग लिएका थिए।

यस्तै, बिटुडी फ्रि स्टाइल डान्स च्याम्पियनसीपको सोलो प्रतिष्पर्धाको उपाधि भने नेशन मगरले जितेका छन्। प्रतियोगितामा नीरज राइभाट द्वितीय र सुजिना लामा तृतीय भए। दीपु गुरुङ र सपना पुनले सान्त्वना स्थान हात पारे।

प्रतियोगिताको भ्यूअर च्वाइस सुनिता पुन र वेस्ट कोरियोग्राफर प्रीति गुरुङ भएको कार्यक्रम संयोजक अमन तामाङले जानकारी दिए।

- एजेन्सी