मिस पश्चिमाञ्चलको ग्राण्ड ओपनिङ

पोखरा, १८ कात्तिक । लामो समयदेखि विभिन्न उमेर समूह र क्षेत्रमा व्युटी कन्टेष्ट गर्दैआएको द लुक्स फेसन होमले यस वर्ष आठौं मिस पश्चिमाञ्चल गर्ने भएको छ । प्रतियोगिताको ग्राण्ड ओपनिङ पोखरामा शनिबार केक काटेर गरियो ।

आगामी मंसिर १५ सम्म सहभागीको र्फम कलेक्ट गर्ने र अडिसनमार्फत छनोटमा परेकालाई विभिन्न विषयमा तालिम दिइने संस्थाका प्रबन्ध निर्देशक रवीन्द्र बज्राचार्यले जानकारी दिए । सहभागी १६ देखि २४ वर्ष उमेर समूहका एसएलसी उत्तीर्ण हुनुपर्नेछ ।

तालिममा प्रतियोगीलाई व्यक्तित्व विकास, नेतृत्व क्षमता, आत्मविश्वास र उत्प्रेरणा वृद्धि, व्युटी टिप्स, ड्रेसका कक्षा दिइनेछ भने फिल्ड भिजिट, फोटोसुट, क्याम्पेनिङ, मोडलसँग साक्षात्कार गराइनेछ ।

तालिमपछि अन्त्यमा ग्राण्ड फिनालेमा स्टेज उतारिने अफिसियल कोरियोग्राफर सुरक्षा गुरुङले जानकारी दिइन् ।

कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक बज्राचार्यले पोखरामा लगातार यस्ता प्रतियोगिता हुने गरे पनि व्यवस्थित हुन नसकेको गुनासो गरे । उनले आफ्नो संस्था पुरानो पनि भएकोले गुणात्मकलाई ध्यान दिँदै आएको दाबी गरे ।

कार्यक्रममा प्रतियोगिताको टाइटर स्पोन्सर घान्द्रुक डेन्टल क्लीनिकका प्रोपाइटर प्रल्हाद सुवेदी, स्पाइरल ग्यालेक्सी स्कुलका प्रिन्सिल नारायण शर्मा, अमरज्योति स्कुलका प्रिन्सिपल दिनेश अर्याल लगायत बोलेका थिए ।

कार्यक्रममा मिस एसर्इइ क्वीन २०१६ की वीनर मोनिका गुरुङ, मिस पश्चिमाञ्चल २०७३ की निरुता भण्डारी, तीज क्वीन २०१७ की वीनर श्रीमाया बुढा, मिसेस पश्चिमाञ्चल २०७३ की फस्ट रनरअप यमिना थापा, मिस एसर्एसइ क्वीन २०१६ की वेष्ट मिस हेयर तथा फोटोजेनिक प्रियंका गुरुङ ताजसहित उपस्थित थिए ।

- अादर्श समाज सम्वाददाता