सांग्रिला डेभलपमेन्ट बैंक १४ औं वर्षमा

पोखरा, १३ कात्तिक। काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ।

सोही अवसरमा बैंकको केन्द्रीय कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कालीमाटी सोल्टीमोडस्थित आमाघरका ३० जना वृद्धवृद्धालाई खाद्यन्न सामाग्री, ग्यास वितरण तथा भोजन गराएको छ।

बैकका सञ्चालक चूडामणि ढकाल, नीरनकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो।

त्यस्तै क्षेत्रीय कार्यालय, पोखराले बैंकका अध्यक्ष प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ तथा सञ्चालक शिवलाल मल्ल तथा पूर्व अध्यक्ष प्रा सुरेन्द्रबहादुर भारीको उपस्थितिमा पोखराको राधाकृष्ण वृद्धाश्रमका ४५ जना वृद्धवृद्धालाई न्यानो लत्ताकपडा, खाद्यान्न वितरण तथा भोजन गराउएको छ । यस्तै आश्रममा अध्ययन गर्ने बालबालिकालाई कापी, कलमसमेत वितरण गरेको छ ।

अन्नपूूर्ण आत्मनिर्भर बालआश्राम बाटुलेचौरका ४० जना अनाथ बालबालिकाहरूलाई पनि भोजन गराइएको बैंकले जनाएको छ।

क्षेत्रीय कार्यालय, नेपालगञ्जमा बैकका सञ्चालक अच्युतप्रसाद प्रसाईले नीलसागर वृद्धाश्रम तथा भेरी वृद्धाश्रम गई २६ जना वृद्धवृद्धालाई न्यानो लत्ताकपडा, खाद्यान्न वितरण र भोजन गराएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए।

बैंकले आव २०७३/७४ को असार मसान्तसम्म निक्षेप संकलन १३ अर्ब ८७ करोड तथा कर्जा प्रवाह ११ अर्ब ६७ करोड गरी सञ्चालन मुनाफा ५४ करोड ८८ लाख आर्जन गर्न सफल भएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत थकालीले बताए। कुल ३५ शाखा एक वटा एक्सटेन्सन काउन्टर तथा छ वटा लघुवित्त शाखा रहेको बैंकले करिब एक लाख ८० हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ प्रदान गर्दै आएको छ।

- अादर्श समाज सम्वाददाता