उद्योग व्यावसायीको निर्वाचनले स्याङ्जा तात्यो

स्याङ्जा, १२ कात्तिक। स्याङजा उद्योग वाणिज्य संघको ३६ औ अधिवेशनका लागि व्यवसायी विक्रान्तकुमार श्रेष्ठ सुवर्ण्र्ााे अध्यक्षको उम्मेदवारको घोषणा गरेका छन्।

कार्तिक २९ गते हुने निर्वाचनको लागी आफ्नो उम्मेदवार घोषणा गरेका श्रेष्ठ संघका हाल सहसचिव हुन्। स्याङ्जा सदरमुकाममा आफ्नो उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले किसान तथा साना व्यवसायीहरूको हकहितको लागि भएको बताए। उनले जिल्ला कफी, अदुवा र सुन्तालको उर्वरभुमि रहेकाले यसको क्षेत्र विस्तार र बिदेश निर्यात गर्ने,  यातायात र कर कार्यालयको स्थापना, देशमै नमुना वाणिज्य संघको रूपमा स्याङजा उद्योग वाणिज्य संघलाई स्थापित गर्ने बताए।

सम्पूर्ण व्यवसायीहरूको सहकार्यमा व्यवसायिक हकहितको लागि आफूले उम्मदवारी घोषणा गरेका श्रेष्ठले व्यापारीको मन मनमा बसेर काम गर्नका लागि एकपटक अवसर दिन समेत आग्रह गरे।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, व्यवसायीहरू राजेन्द्रकुमार श्रेष्ठ, देबेन्द्र कुमार श्रेष्ठ, गोर्बर्द्धन श्रेष्ठ, सुनिलकुमार श्रेष्ठ, अच्चूतप्रसाद पोखरेल, रमेश गोदार, मुन्ना शेखलगायतले आ-आफना धारणा ब्यक्त गरेका थिए। पत्रकार सम्मेलनमा रिमल नेपालीले सहजीकरण गरेका थिए।

आसन्न अधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष नन्दकला लम्साल निर्मला, कोषाध्यक्ष रविन्द्रमान श्रेष्ठले यस अघिनै अध्यक्षको उम्मेदवारीको घोषणा गरिसकेका छन्। उद्योग वाणिज्य संघमा करिब एक हजार दुर्इ सय सदस्य रहेका छन भने उम्मेदवारी दर्ताका लागि कात्तिक २० गते मनोनयन गर्नुपर्ने छ।

- अादर्श समाज सम्वाददाता