इलेक्टि्रकल सामानदेखि मर्मत गर्न तेसापट्टीमा एमएमएस

पोखरा, १२ कात्तिक।इलेक्टि्रकल सम्बन्धी सम्पूर्ण सामानका साथै मर्मत सुविधासहित पोखरा ३ नदीपुरमा एमएमएस सर्भीस इलेक्ट्रोनिक एण्ड इलेक्टि्रकल शप सञ्चालनमा आएको छ।

विगत २४ वर्षदेखि देश विदेशमा इलेक्टि्रकल सम्बन्धी अनुभव प्राप्त गरेका याम श्रेष्ठले सो सुविधासम्पन्न पसल सञ्चालनमा ल्याएका हुन्। एक वर्ष अघिदेखि नै सिर्द्धार्थचोकमा एमएमएस सर्भीस एण्ड मल्टी ट्रेडिङ प्रालि सञ्चालनमा ल्याएका थिए। पोखरामा प्लम्बिङ सम्बन्धमा सम्पूर्ण कामहरू गर्दै आएको छ।

हाललाई आधा करोड लगानीबाट शुरु भएको व्यवसाय पछि आवश्यकता अनुसार सुविधा थप गर्दै लैजाने र्डाईरेक्टर श्रेष्ठले जानकारी दिए। इलेक्ट्रोनिक्स सम्बन्धी सबै सामानहरू एयर कन्डिशन, फ्रिज, वासिङ मेसिन, टेलिभिजन, मिक्स्चर, हिटर, राईसकुकर, आईरन, ग्याँस चुल्हो, सिसि क्यामेरा मोवाइललगायतका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनेछ। सामसुङ, यसुदा, पानासोनिक, सानफोर्डको सब डिलर हो भने ट्रेन कम्पनीको गण्डकी धौलागिरी आधिकारीक डिलरसमेत रहेको श्रेष्ठले जानकारी दिए। श्रेष्ठले चाईनाबाट आफ्नै ब्राण्ड सानीका सामान समेत तयार पार्छन्।

श्रेष्ठ दक्षिण अफ्रिकामा ६ वर्ष लगायत विभिन्न देशमा बसेर इलेक्ट्रीकल सम्बन्धमा ज्ञान आर्जन गरेका छन्। सामानहरू होम डेलिभरी सहित मर्मतको समेत सुविधा रहेको म्यानेजिङ पार्टनर आशिष श्रेष्ठले जनाए। ग्राहकको हितलाई मध्येनजर गर्दै गाडी सहितको सुविधा रहेको र मर्मत समेत घरमै पुगेर गरिने उनले जनाएका छन्।

यस्तै, अर्का म्यानेजिङ पार्टनर मधु श्रेष्ठले गुणस्तरीय कम्पनीका ब्राण्डेड सामानहरू मात्र रहेको जानकारी दिइन्।

- अादर्श समाज सम्वाददाता