सानो परी एण्ड सानो बाबु उपाधि बसेल र गुरुङलाई

पोखरा, १२ कात्तिक। सानो परि एण्ड सानो बाबु पोखरा-२०१७ को उपाधि हिल प्वाईन्ट उच्च माविमा अध्ययनरत १० वषीया रिसीका बसेल र गण्डकी बोर्र्डिङ स्कुलका ११ वषीय समन गुरुङले हात पारेका छन्। उनीहरूले ट्रफी, क्राउन, मेडल, गिफ्ट Þयाम्पर र २०/२० हजार रूपैयाँ नगदसमेत प्राप्त गरे।

शनिवार सम्पन्न प्रतियोगिताका लागि पोखराका २८ विद्यालयका ६८ जना नानी बाबुहरूबीच अन्तिम प्रतिस्पर्धा भएको थियो। जीत हाम्रो फाउण्डेशनको आयोजना र एसटी क्रिएशनको सहकार्यमा बालबालिकाको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले १३ औं संस्करणको सानो परि एण्ड सानो बाबु पोखरा-२०१७ ट्यालेण्ट शो आयोजना गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक राजेश जोशीले जानकारी दिए।

त्यस्तै, प्रतियोगितामा सानो परिको फस्ट रनरअप गण्डकी बोर्र्डिङ स्कुलकी स्नेहा तिमिल्सिना, सेकेण्ड रनरअप मदरल्याण्ड उच्च माविकी सिसम भण्डारी, थर्ड रनरअप पोखरा युनाईटेड स्कुलकी प्रास्ना गुरुङ, फोर्थ रनरअप हिल प्वाईन्ट उच्च माविकी सुक्रिया गुरुङ, फिप्थ रनरअप सगरमाथा निकेटनकी क्रिसिका घिमिरेले हात पार्न सफल भए ।

सानो बाबुतर्फ फस्ट रनरअप बेसलाईन एकेडेमीका इशान गौतम, सेकेण्ड रनरअप मदरल्याण्ड उच्च माविका निश्चल बास्तोला, कुमुदिनी होम्सका असल ढकाल थर्ड रनरअप, रेम्वो एकेडेमी होम्सका स्वपनिल रानामगर फोर्थ रनरअप र ग्लोबल कलेजियटका स्वागत शाही फिप्थ रनरअप हुन सफल भए। उनीहरूले पनि ट्रफी, मेडल, क्राउन र आर्कषक पुरस्कार प्राप्त गरेका थिए। त्यस्तै सहभागी प्रतिस्पर्धीहरूले अन्य विभिन्न विधामा पुरस्कृत भएका थिए।

प्रतियोगितामा स्वागत नृत्य राउण्ड, परिचय राउण्ड, प्रश्न उत्तर राउण्ड र अन्तिम प्रश्नको उत्तर लेखेर बाचन गरिसकेपछि अन्तिम निर्णय आएको थियो। प्रतियोगिताको कोरियोग्राफरको रूपमा मिस गण्डकी सिजन ३ की विजेता ज्योति राई, मिस गण्डकी सिजन ३ की थर्ड रनरअप सपना अधिकारी,र्र् इनिशा दुरामगर, रोजिना अधिकारी, सुशिल क्षेत्री रहेका थिए।

प्रतिस्पर्धाको मुल्याड्ढनमा वगायिका कौशल्या गुरुङ, मिस पोखरा २०१७ ममता जोशी, मिस गण्डकी सिजन १ की सेकेन्ड रनरअप शिपोरा थापा, अवाकस मेन्टल मेट्सका निर्देशक उपेन्द्र अधिकारी, निर्णायक संयोजक इभेन्ट म्यानेजर सौरभ थापा रहेका थिए।

हरेक वर्षजस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको आयोजक संस्थाका प्रबन्ध निर्देशक राजेश जोशीले बताए। सन् २००५ देखि शुरु गरिएको ट्यालेन्ट शो प्रतियोगिता मार्फत साना बाबु नानीको प्रतिभालाई उजागर गर्न टेवा पुगेको र अभिभावक तथा विभिन्न स्कुलहरूले निरन्तर सहयोग प्राप्त भइरहेको कार्यक्रम संयोजक एवं कोरियोग्राफर सुरज थापाले बताए। ट्यालेण्ट शोको सञ्चालन सञ्चारकर्मी इनिशा दुरामगर र कोरियोग्राफर एवं सञ्चारकमी सुरज थापाले गरेका थिए।

- एजेन्सी