संगम बचतको तालिम

लेखनाथ, १२ कात्तिक। पोखरा लेखनाथ महानगरापलिका वडा नं. १५,  रामवजारमा रहेको  संगम बचत तथा ऋण सहकारी संस्थाको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) काठमाडौंको प्राविधिक सहयोगमा तीन दिने संस्थागत विकास तालिम सम्पन्न भएको छ।

‘आर्जित पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गरौं दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भन्ने मुल नाराका साथ तीन दिन सम्म चलेको तालिममा करिव २४ जना संस्थाका सञ्चालन समिति तथा उप-समितिका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेपस्कुनका अध्यक्ष प्रेम गुरुङले कुनै पनि संस्थाको विकासका लागि संस्थागत विकास हुन पर्ने बताए।

संस्थाका अध्यक्ष नीरज थापाको अध्यक्षतामा भएको कार्यक्रममा लिवर्डका अध्यक्ष दामोदर भक्त थापा, संस्थाका सदस्य तीलक थापा, भुपेन्द्र गौचन, प्रशिक्षक वल्लभ तिमल्सेना, भरत न्यौपाने, संस्थाका सचिव धनराज पुरीले बोलेका थिए।

कार्यक्रममा बाल बचत खाता अप्सरा तिवारीलाई प्रदान गरिएको थियो भने महिला उपसमितिका सदस्य कल्पना देवी आचार्य र केशरी कुमारी थापालाई सम्मान गरिएको थियो।

संस्थागत विकासमा ठूलो भूमिका खेलेको संगम बचत तथा ऋण सहकारी संस्थामा २२ सय सदस्य रहेका छन् भने कुल कारोवार ३१ करोड रहेको, छ करोड जगेडा कोष तथा अन्य कोष एक करोड ६३ लाख र बचत संकलन २३ करोड कर्जा रहेको जानकारी संस्थाका शिक्षा उपसमितिका सदस्य तीलक थापाले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता