छन्दमा रमाए राजधानीका कवि

लमजुङ, १२ कात्तिक।राष्ट्रकविको जिल्ला लमजुङमा आयोजित एक विशेष कवि गोष्ठीमा छन्द कविता सुनेर राजधानीका कवि रमाए। नेपाली कलासाहित्य डटकम प्रतिष्ठान काठमाडौँ तथा सवोर्दय सेवा आश्रम लमजुङको आयोजनामा कार्यक्रम गरिएको हो।

सो अवसरमा ठाडोभाका लोककला प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष मातृक खनाल, उपाध्यक्ष युवराज घिमिरे, कार्यकारी सदस्य एवम् चिति साहित्य समाजका अध्यक्ष रुद्रनिधि तिवारी, कविहरू तेजनारायण अधिकारी, मुक्तिनाथ अधिकारी, कृष्ण डिसी, लक्ष्मीप्रसाद मिश्रले रचना वाचन गरेका थिए।

लमजुङका सामाजिक अभियन्ता कृष्णराज ओलियालाई सम्मान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवस, रागिनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा, नेपाली कलासाहित्य डटकम प्रतिष्ठानका अध्यक्ष मोमिला जोशी, संरक्षक मुक्तक साम्राज्ञी उषा शेरचन र योगेश्वर कार्की पुरस्कारका संस्थापक राजेश्वर कार्कीले संयुक्तरूपमा ओलियालाई सम्मान गरे।

उक्त पुरस्कारको राशिमा नगद २५ हजार, ताम्रपत्र, खादा, रहेको छ। सवोर्दय सेवाश्रमको संस्थापक अध्यक्ष रहेर विगतको ११ वर्षदेखि वृद्धाश्रम सञ्चालन गरी समाजसेवा, ग्रामिण पर्यटक विकास र सिर्जनामा समेत सक्रिय रही गरेको योगदानको कदर गर्दै ओलियालाई उक्त सम्मान गरिएको हो। उक्त अवसरमा ओलियाको कदमलाई हरक्षण साथ दिएर श्रीमान्लाई सहयोग गरेकोमा उनकी धर्मपत्नी अम्बिका ओलियालाई नेपाली कलासाहित्य डटकम प्रतिष्ठान काठमाडौँकी अध्यक्ष मोमिला जोशीले खादा र टिकाले सम्मान गरेकी थिइन्।

सो अवसरमा प्रमुख अतिथि वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसले यो पुरस्कार जसका नाउँमा स्थापना गरियो योगेश्वर कार्कीले पनि समाजसेवा र सिर्जनामा उत्तिकै मात्रामा सक्रिय जीवन विताएको बताए।

रागिनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले आफ्नो नगरपालिकामा आएर कार्यक्रमको आयोजना गरी यसै नगरपालिकाका सामाजिक अभियन्ता ओलियालाई सम्मान गरेकोमा सि·ो नगरपालिकाले गौरवको अनुभूति गरेको बताए।

तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रितेश शाक्य, सवोर्दय सेवाश्रमका संरक्षक डा हरिप्रसाद पोखरेल, मोमिला जोशीले बोलेका थिए।

वाषिर्क रूपमा सम्बन्धित जिल्लामा नै गएर कविता गोष्ठीका साथ प्रदान गरिने युगेश्वर कार्की पुरस्कारबाट सम्मानित हुने ओलिया सातौँ व्यक्तित्व हुन्। यसअघि उक्त पुरस्कारबाट कृष्ण भुषण विराटनगर, उषा शेरचन म्याग्दी, कृष्ण डिसी दाङ, मुकुन्द प्रयास धनकुटा, दिलिप शाह जाजरकोट, वनमाली निराकार भैरहवा सम्मानित भइसकेको पुरस्कारका संस्थापक तथा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर कार्कीले जानकारी दिए।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठान काठमाडौँका अध्यक्ष मोमिला तथा सवोर्दय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौँबाट आएका र लमजुङका कविहरूले आ-आफ्ना कविता वाचन गरेका थिए। उक्त कार्यक्रमको सञ्चालन रेडियो कान्तिपुर काठमाडौंकी संवाददाता शर्मिला खनालले गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता