युनियन लाइफको क्षेत्रीय कार्यालय पोखरामा

पोखरा, ७ कात्तिक। युनियन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा क्षेत्रीय कार्यालय सञ्चालन गरेको छ।

कार्यालयको मंगलबार एक कार्यक्रमबीच बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उद्घाटन गरे। उनले बीमा क्षेत्रमा नेपालको विकास उल्लेख्य रहेको बताए। बिमाको बजार ९० प्रतिशतभन्दा बढी खाली रहेको भन्दै उनले बिमाको दायरा अझै बढाउनुपर्ने बताए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णे बिमा सबैका लागि आवश्यक रहकाले बिमाको पहुँच बढाउन आफ्नो कम्पनी सफल हुने दावी गरे।

नायव महाप्रबन्धक पोषराज सुवेदीले पोखरा क्षेत्रमा सेवा प्रदान गर्न कार्यालयको शाखा सञ्चालनमा ल्याइएको जानकारी दिए। कम्पनीको पोखरा क्षेत्रीय प्रमुखमा हरि ढुंगाना र शाखा प्रमुखमा गणेश धमला कार्यरत छन्। धेरै ब्यक्तिलाई बिमातफै आकषिर्त गर्न विभिन्न योजना सार्वजनिक हुने क्षेत्रीय प्रमुख ढुंगानाले बताए। कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ। कम्पनीमा सुलभ अग्रवाल, शेखर गोल्छा, सन्दीपकुमार अग्रवाल सञ्चालक छन् भने जगदम्बा ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप, गाडिया ग्रुप, राजेश हाडवेयरको लगानी छ।

- अादर्श समाज सम्वाददाता