जापानमा प्रधानमन्त्री आबेको गठबन्धनलाई दुर्इ तिहाइ

टोकियो, ६ कात्तिक।जापानमा सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसद्को तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुर्इ तिहाइ बहुमत प्राप्त भएको छ।

जापानको संसद्को म्याद करिब वर्षदिन बाँकी रहँदै हिजो आइतबारका लागि आहृवान गरिएको मध्यावधी निर्वाचनको परिणाम सोमबार बिहानै प्राप्त भएको थियो।

प्रधानमन्त्री सिन्जो आबेको दल लिबरल डेमोक्रेटिक पार्टी-एलडिपी) ले मात्र २८३ स्थामा जित हासिल गरेको छ। जापानको प्रतिनिधिसभा ४६५ सदस्यीय छ।

त्यसैगरी उनको सत्ता गठबन्धनमा रहेको अर्काे दल कोमेइतो पार्टीे २९ स्थानमा जित हासिल गरेको छ। यसरी प्रधानमन्त्री आबेको सत्ताधारी गठबन्धनले ३१२ स्थानमा विजय हासिल गरेको छ। यो यहाँको संसद्को दुर्इ तिहाइ बहुमत हो।

जापानी र अरु अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्रधानमन्त्री आबेको दल र उनको गठबन्धनले दुर्इ तिहाइ बहुमत हासिल गरेको जनाएका छन्।

टोकियोबाट प्राप्त समाचारमा दोस्रो विश्वयुद्धपछि निर्माण भएका सरकारको इतिहासमा नै आबे सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेताका रुपमा स्थापित हुनुभएको समाचार विश्लेषण गरिएको छ।

जापानी राष्ट्रिय प्रशारण संस्था एनएचकेले दिएको जानकारीअनुसार अझै पनि संसद्का १० वटा स्थानको मत परिणाम आउन बाँकी रहेको छ।

यसअघि संसद्को तल्लो सभाको चार सय ६५ स्थानमध्ये उनको दल र गठबन्धनले गरी दुर्इ सय ९० स्थान हासिल गरेको थियो। सत्ताधारी साझेदार अर्काे दलको समेत गरी संसद्मा ६५ प्रतिशत स्थानमा रहेको थियो।

प्रधानमन्त्री आबेले वर्तमान सत्तारुढ दललाई थप बलियो बनाउने र यसका माध्यमबाट देशमा आर्थिक एजेण्डा अगाडि बढाउनुका साथै उत्तर कोरियाको पछिल्लो समयमा अघि बढेको आणविक होडकाविरुद्धमा समयानुकूल नीति निर्माण गर्ने योजनाका साथ यो निर्वाचनको आहृवान गरेको बताइएको छ ।

उनले अघि बढाएको नयाँ आर्थिक मोडेल ‘आबेनोमिक्स’ लाई अझै दह्रोगरी अघि बढाउने उनको योजनालाई यो दुर्इ तिहाइ बहुमतले अब सहज बनाउने बताइन्छ।

यो निर्वाचनमा प्रधानमन्त्री आबे र उनको सत्ताधारी गठबन्धनले हालै गठन भएका दुर्इ वटा नयाँ पार्टी’ग प्रतिष्पर्धा गरेका थिए। ती दलले वर्तमान सत्ताधारी दललाई बहुमत ल्याउन पनि नदिने बताएका थिए।

पछिल्ला केही समययता उत्तर कोरियाले जारी राखेको आणविक हतियारको प्रदर्शनका विरुद्धमा आवश्यक नीति अख्तियार गर्न, समयानुकूल जापानको सुरक्षा नीति निर्माण गर्न आफूलाई संसद्मा दुर्इ तिहाइ बहुमत आवश्यक परेको प्रधानमन्त्री आबेले बताउँदै आएका थिए । त्यसैले अब उनले बहुमत हासिल गरेपछि जापानमा के कस्तो नीतिगत र आर्थिक परिवर्तन गर्न सक्नु हुनेछ त भन्नेबारेमा विभिन्न समाचार विश्लेषण आइरहेका पनि समाचारमा जनाइएको छ।

- रासस/सिन्ह्वा