छ जना जुवाडे पक्राउ

पोखरा, ६ कात्तिक । कास्की प्रहरीले तिहारपछि पनि जुवातास नियन्त्रण अभियान तीव्र पारेको छ ।

तिहारको भोलिपल्ट आइतबार पोखरा १ हरिचोकस्थित काजी गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७७ हजार रुपैयाँसहित छ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घरधनी ४४ वर्षे काजी गुरुङ, पोखरा ११ फूलबारीका ४६ वर्षे कृष्णबहादुर गुरुङ, पोखरा ११ फूलबारीका ३८ वर्षे सन्तोष पुन, पोखरा २५ बस्ने वर्ष ३८ का शेरबहादुर गुरुङ, पोखरा २ बस्ने वर्ष ६२ का हिरासिंह गुरुङ र पोखरा १ बस्ने वर्ष ४८ का रमेश गुरुङ छन् ।

उनीहरुलाई सोमबार कास्की जिल्ला अदालतबाट जुवा मुद्दामा म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

फरार अभियुक्त पक्राउ

विभिन्न अपराधमा संलग्न रहेका अपराधीलाई पक्राउ गर्ने कास्की प्रहरीको अभियानअन्तर्गत अदालतबाट कैद तथा जरिवाना ठेकिएका तर हालसम्म फरार रहेका दुर्इ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कास्कीको ढिकुरपोखरी १ को हाल अन्नपूर्ण गाउँपालिका १ बस्ने ५१ वर्षीय लक्ष्मीप्रसाद अधिकारी र सराङकोट ५ को हाल पोखरा १८ बस्ने ४२ वर्षीया सीतादेवी कोइराला रहेको प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । उनीहरुमध्ये अधिकारीलाई चोरी र कोइरालालाई भ्रष्टाचार मुद्दामा कैद सजाय सुनाइएका थिए ।

- अादर्श समाज सम्वाददाता