भित्ते पत्रिका प्रकाशन तालिम

पोखरा। गुड नेर्वस इन्टरनेशनल नेपालको आर्थिक सहयोग र नौलो घुम्ती नेपालको आयोजनामा कास्कीका १० विद्यालयमा भित्तेपत्रिका प्रकाशन अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

तालिममा मादी गाउँपालिका वडा नं. ९ को सरस्वती कुञ्ज आधारभुत विद्यालय र बालकल्याण आधारभूत विद्यालय, प्रभात आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थी सहभागी भएका थिए ।

तालिममा सरस्वती कुञ्जका शिक्षक श्रीप्रसाद अधिकारी, बालकल्याणका रविवलाल अधिकारी, प्रभात विद्यालय, पाखुरीकोटकी शिक्षिका रमादेवी बराललगायत बाल क्लबमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यसअघि माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का बाराही र तारेवराह आधारभूत विद्यालयका १५ जना शिक्षक तथा विद्यार्थीको सहभागिता थियो ।

त्यस्तै, अन्नपूर्ण गाउँपालिका वडा नं. ४ को बहादुरे मावि, वडा नं. ६ का संगम मावि र सिद्ध आधारभूत विद्यालयका १२ जना शिक्षक तथा विद्यार्थीलाई उक्त तालिम प्रदान गरिएको थियो ।

नौलो घुम्ती नेपालको सामुदायिक विकास परियोजनाअन्तर्गत दिइएको उक्त तालिममा पोखरा २३, हर्पनको जनसिद्ध आधारभूत विद्यालयका २० जना शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको परियोजनाका शिक्षा विकास अधिकृत महेश विश्वकर्माले बताए ।

एक महिनादेखि सञ्चालन भएको तालिममा कृष्णबहादुर रानाभाटले प्रशिक्षण दिएका थिए भने नौलो घुम्ती नेपालका सामाजिक परिचालक अनिल नेपाली र बलबहादुर केसीले सहजीकरण गरेका थिए ।

तालिमपछि १० वटै विद्यालयलाई भित्रेपत्रिका प्रकाशनको लागि लागि आवश्यक ३० हजार रुपैयाँको सामग्री हस्तान्तरण गरिएको थियो ।

- एजेन्सी