कास्की क्षेत्र ३ को बजेट बाँडफाँड

पोखरा, ३१ असोज। एमाले नेता तथा संसद् विकास समिति सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र पूर्वाधार विकास कार्यक्रम तर्फको बजेट बाँडफाँड गरेका छन्। पोखरामा मंगलबार पत्रकार सम्मेलन गरी उनले तीन करोड ५० लाख रुपैयाँको कार्यक्रम तथा योजना सार्वजनिक गरेका हुन्।

विनियोजित बजेटमध्ये अधिकांश बजेट सडक र भवन निर्माणमा छुट्याइएको छ। ५० लाख रुपैयाँको निर्वाचन क्षेत्र विकास कार्यक्रममा अधिकारीले भवन निर्माण गर्न १९ लाख ७५ हजार विनियोजन गरेका छन् भने बाटोमा १९ लाख विनियोजन गरेका छन्। उनले भवनतर्फ ढुङ्गेसाघु वृद्धाश्रम बनाउन १० लाख, ९ नम्बर वडामा शुभकामना समाजघर निर्माणमा तीन लाख, ३३ नम्बर वडाको खैरेनी टोल विकास संस्थाको भवन निर्माणमा तीन लाख, ३३ कै सिद्ध मन्दिर निर्माण निर्माणको लागि तीन लाख ७५ हजार रुपैयाँ विनियोजन गरेका छन्।

बाटोमा ५ नम्बर वडाको सुनौलोमार्ग निर्माण र धारापानीमार्ग ढलान बाटोका लागि तीन/तीन लाख, १७ नम्बर वडाको लामा टुँडामार्ग तीन लाख, २१ नम्बर वडाको पाखुरीडाँडा जलदेवी मोटरबाटो र भविष्य निर्माण विद्यालय जाने बाटोका लागि तीन/तीन लाख रुपैयाँ र ३३ नम्बर वडामा मालागिरी सिँढीमार्ग निर्माण गर्न चार लाख रुपैयाँ विनियोजन गरेको अधिकारीले जानकारी दिए। यसबाहेक १७ नम्बर वडाको विरुवाटोलमा खानेपानी आयोजनाका लागि दुर्इ लाख र ६ नम्बर वडाको गौरीघाटपार्क निर्माण गर्न दुर्इ लाख, ७ नम्बर वडाको गहतेपार्क बनाउन तीन लाख, वडा नम्बर ८ मा महिला सिलाई कर्टाई तालिमका लागि तीन लाख ५० हजार क्षमता विकास शीष्ाकअन्तर्गत विनियोजन गरेका छन्। यसबाट ७५ हजार रुपैयाँ कार्यालय सञ्चालनका लागि छुट्याएका छन्।

अत्यधिक बजेट रहेको निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमतर्फ पनि सडक र भवन प्राथमिकतामा परेको छ। तीन करोड बजेटमध्ये अधिकारीले सडकका लागि मात्रै एक करोड ८५ लाख छुट्याएका छन् भने ६० लाख भवन बनाउन खर्चिएका छन्। बाटोतर्फ पोखरा १७ स्थित गाईगौंडा पुल्चोक मोटरबाटो बनाउन ४० लाख, ५ नम्बर वडाको मनकामना मन्दिर बाटो निर्माण गर्न २० लाख, ८ नम्बर वडाको उर्जामार्ग सडक तथा नाली निर्माण गर्न १५ लाख, ९ नम्बर वडाको शान्तिदर्शन मार्ग स्लाव कलभर्ट निर्माण गर्न १० लाख, १७ नम्बरको शिव-बुद्ध मार्ग र भयरथान मार्ग निर्माणका लागि १०/१० लाख, १७ नम्बरकै सिमलटुंडा बाटो निर्माणमा १० लाख, २१ नम्बर वडा पर्ने लेवाडे कात्तिके पानी बाटो, झयाउरीखेती चापाको रुख मोटरबाटो, लिकुरे सल्लेरी एकहाते मोटरबाटो, शिवालय थाप्ले तिलाहर ग्रामीण सडक र प्रगति मोटरमार्ग निर्माणका लागि १०/१० लाख, ३३ नम्बर वडाको ठूलपाखा बाटो र तल्लो खैरेनी, भँयरगुफा मोटरबाटो निर्माण गर्न १०/१० लाख रुपैयाँ विनियोजन भएको छ।

भवनतर्फ पोखरा ४ स्थित बूढानीलकण्ठ मन्दिर संरक्षण र पोखरा थियटर हलका लागि १०/१० लाख, ६ नम्बर वडामा सार्वजनिक शौचालय बनाउन १० लाख, ३३ नम्बर वडामा वरपौवा सामुदायिक भवन, शिशुकल्याण मावि कम्पाउण्ड र ज्रि्रेढुंगा आमा समूह भवन बनाउन १०/१० लाखका दरले विनियोजन भएको छ।

यस्तै, अधिकारीले पोखरा ७ मा खानेपानी ट्यांकी निर्माणका लागि १० लाख, २१ मा बाँझीपोखरी निर्माण १० लाख, फेवा पावरहाउस नहरमाथि जाली राख्न १५ लाख, २१ को काल्छेखोला खानेपानी आयोजनालाई १० लाख, १७ नम्बर वडाको कुहिने यज्ञशाला निर्माण गर्न १० लाख विनियोजन गरेका छन्।

योजना सार्वजनिक कार्यक्रममा बोल्दै उनले देश विकासका लागि बहुमतको सरकार आवश्यक रहेको बताएका छन्। बहुमतीय सरकार नभएसम्म विकासले गति लिन नसक्ने भन्दै उनले स्थिर सरकार भएमात्रै विकासमा सहज हुने बताए। उनले सरकारकै क्षमता नभएका कारण धेरै आयोजना अलपत्र परेको जानकारी दिए। राष्ट्रिय गौरवका आयोजनाले अहिले निरन्तरता पाएपनि छिट्छिटो हुने सरकार परिर्वर्तनले गति लिन नसकेको गुनासो गरे। उनले विकास समितिको सभापति भएपछि सुस्तरुपमा रहेका विकास आयोजनालाई गति दिने काम आफ्नो समितिले दिएको जिकीर गरे।

कास्कीबाट दुर्इपटक संसद्मा विजयी भइसकेका अधिकारी यसपटक कास्की क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि एमालेबाट सिफारिसमा परेका छन्। यद्यपि ४ नम्बर प्रदेशका लागि एमालेबाट मुख्यमन्त्रीको दावेदार समेत रहेका अधिकारी पार्टीको निर्णयले उम्मेदवारी घोषणा गर्ने बताउँछन्।

- अादर्श समाज सम्वाददाता