सर्वाधिक राशीको सिम्पानी कप उपाधि लेकसाइड एफसीलाई

पोखरा, २८ असोज। लेकसाइड एफसीले सिम्पानी कपको उपाधि जितेको छ।

सिम्पानीस्थित त्रि-शक्ति समाज सेवा क्लबको आयोजनामा भएको पाँचौ संस्करणको सेभेन ए साइड फुटबल प्रतियोगितामा हेमजाको विष्णपादुकालाई ४-० को फराकिलो गोलअन्तरले पराजित गर्दैै लेकसाइड एफसीले उपाधि जितेको हो।

उसले उपाधिसँंगै दुर्इलाख नगद र ट्रफी पाएको छ। उपविजेता विष्णुपादुकाले एक लाख नगदसहित ट्रफी हात पार्‍यो।

विजेतालाई पोखरा लेखनाथ महानगरपालिका-१ की वडा अध्यक्ष शारदा पराजुलीले पुरस्कार प्रदान गरिन्। लेकसाइडको जितमा अविनाश तामाङको ह्याटि्रकसहित सुनिल बिकले एक गोल गरेका थिए। प्रतियोगिता अवधिभर बढी गोल गर्न सफल अविनास हाइस्कोरर बने। कुल ९ गोल गरेका उनले नगद १० हजार पाए । यस्तै, विष्णुपादुकाका प्रवीण थापा सवोर्त्कृष्ट खेलाडी घोषित भए। उनले नगद १० हजारसहित वेष्ट प्लेयरको ट्रफी पाए। चितवनको शरणपुर एफसीले फेयर प्लेको ट्रफी हात पार्‍यो। पहिलो सेमीफाइनलमा एलजी एशोसिएसनलाई गोलले हराउँदै फाइनलको स्थान पक्का गरेको लेकसाइड एफसीका लागि अविनासले दुर्इ र कालु थापामगरले एक गोल गरेका थिए ।

दोस्रो सेमीफाइनलमा हेमजाको विष्णुपादुकाले संगम फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ को जित निकाल्दै लेकसाइडसंगको फाइनल पक्का गरेको थियो। निर्धारित समयमा दुबै टोलीको समान एक/एक गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो। सेभेन ए साइड फुटबलमा हालसम्मकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको हिमा-अस एजुकेशन कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको थियो। प्रतियोगितामा २६ टिमले भाग लिएका थिए ।

- अादर्श समाज सम्वाददाता