राप्रपा कास्कीद्वारा उम्मेदवारको नाम सिफारिस

पोखरा, २२ असोज। राष्ट्रिय प्रजातन्त्र पार्टीकास्कीले आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि कास्कीबाट उम्मेदवार हुने सदस्यको नामावली सिफारिस केन्द्रमा पठाएको छ।

राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनको अध्यक्षतामा बसेको बैठकले उक्त नामावलीलाई बैठकबाट पारित गरी केन्द्रमा पठाइएको हो।

राप्रपाकातर्फबाट उम्मेदवार हुने प्रतिनिधिसभा सदस्यमा क्षेत्र नं. १ अन्तर्गत प्रत्यक्षतर्फ पार्टीका सहमहामन्त्री हेमजंग गुरुङ, डा महेन्द्र कार्की, हरिदेवी अधिकारी, समानुपातिकतर्फबाट केन्द्रीय सदस्य डा भीमसेन गुरुङ, गीता गुरुङ, अमिर मियाँ, लालबहादुर नेपाली र बाबुराम परियार रहेका छन्।

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ हरि धमला, नमराज बसौला, महेश आचार्य, प्रकाश तिवारी, आत्मराम सुवेदी, र समानुपातिकतर्फ विष्णु पोखरेल, बलराम तिवारी, प्रकाश सापकोटा रहेका छन्।

यस्तै,,, प्रदेश सभा (ख) मा प्रत्यक्षतर्फ क्षेत्रीय अध्यक्ष देउबहादुर गुरुङ ध्रुव, जिल्ला सल्लाहकार नारायण गुरुङ र समानुपातिकतर्फ अमृतबहादुर कार्की, गजबहादुर गुरुङ, बद्री परियार र भीमबहादुर नेपाली रहेका छन्।

त्यसैगरी, क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षमा विष्णुबहादुर खत्री, अशिलकुमार शाही, रमेशबहादुर खत्री र समानुपातिकतर्फ जिल्ला अध्यक्ष जयलाल पुन, प्रेमबहादुर मल्ल, सूर्य बास्तोला, विष्णु खड्का कार्की रहेका छन्।

प्रदेश सभा (क) मा प्रत्यक्ष तर्फ गोविन्द थापा, चित्रबहादुर भण्डारी, बुद्धिमान दुरा धम्पु र समानुपातिकतर्फ आमन्त्रित केन्द्रीय सदस्य रोमबहादुर भण्डारी, ओमबहादुर कार्की, कान्छा जलारी, चन्द्रा शेरचन, सावित्री दर्जी, कृष्णराज अधिकारी र फडिन्द्र अधिकारी रहेका छन्।

प्रदेश सभा (ख) को प्रत्यक्षतर्फ जिल्ला सचिव हरि बराल, शिवप्रसाद चालिसे, युवराज बास्तोला, दण्डीराज आचार्य र समानुपातिकतर्फ जिल्ला कोषाध्यक्ष रञ्जना सेन पौडेल र सरस्वती बस्ताकोटी रहेका छन्।

त्यसैगरी, क्षेत्र नं. ३ अन्तर्गत प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ आमन्त्रित केन्द्रीय सदस्य कुल बहादुर गुरुङ कुलु, दिल कुमारी अधिकारी, भोलाजंग सुवेदी र समानुपातिकतर्फ पूर्व प्रदेश संयोजक रमेशबहादुर भट्टराई, नरहरि तिमिल्सिना, कृष्ण कुमारी सुवेदी रहेका छन्।

प्रदेश सभा (क) अन्तर्गत प्रत्यक्षतर्फ इन्द्र भारी, बरुणविक्रम राणा, निर्मल गौतम, केदारनाथ पौडेल तथा समानुपातिकतर्फ पार्टीउपनेता भीमराज भण्डारी, विजुलीप्रसाद गुरुङ, कुन्ती कुमारी गुरुङ, पूर्ण बहादुर  गुरुङ (जापान) रहेका छन्।

त्यसैगरी, प्रदेश सभा (ख) अन्तर्गत प्रत्यक्षतर्फ जिल्ला सहसचिव धनु कोइराला, तिर्थ सुवेदी, पूर्णाखर सुनार तथा समानुपातिक तर्फ जगत सुवेदी, सुशीला वाग्ले, रामबहादुर तामाङ र गणेश बहादुर ढकाललाई सिफारिस गरी केन्द्रमा पठाइएको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बास्तोलाले जानकारी दिए।

- एजेन्सी