नारी विकास आमा समूहको सरसफाइ

लेखनाथ, २२ असोज। नारी विकास आमा समूह पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३० रामबजारस्थित नारी विकास आमा समूहले वाषिर्क कार्यक्रम अन्तरगत वृहत सरसफाइ अभियान शुरु गरेको छ।

‘आफ्नो घर आँगन आफै सफा राखौं’ भन्ने उद्घोषका साथ खुदीको साझादेखि पावर हाउस चोक, राम मन्दिर परिसरमा सरसफाइ गरेको हो। नारी विकास आमा समूहको सकृयतामा वडा प्रहरी कार्यालय गगनगौडाको सहयोगमामा बृहत् सरसफाइ अभियान शुरु गरेको समूहकी अध्यक्ष सीता पौडेलले जानकारी दिइन्।

- अादर्श समाज सम्वाददाता