सैनिक बस्ती ग्रुप नं १ को सातौं वाषिर्क साधारण सभा

लेखनाथ, २२ असोज। पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ मा रहेको सैनिक बस्ती ग्रुप नं १को सातौं बाषिर्क साधारण सभा शनिवार सम्पन्न भएको छ।

सभाको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष चेतबहादुर गुरुङले स्थानीयस्तरको विकासका लागि स्थानीयवासी नै सक्रियताका साथ अगाडि बढ्नु पर्ने बताए।

समाजका अध्यक्ष सुवेदार चन्द्रबहादुर गरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा एस वि आई बैक भण्डारढिक शाखाका शाखा प्रमुख पूर्णकुमार गरुङ, सैनिक बस्ती आमा गु्रप नं १ आमा समूहकी अध्यक्ष श्रीमाया गरुङ लगायतले आ-आफनो धारणा राखेको सो कार्यक्रमको सञ्चालन सचिव लालबहादुर गरुङले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष हबलदार रामबहादुर गरुङले गरेका थिए।

- अादर्श समाज सम्वाददाता