फोरम पोखरा १५ मा जसबहादुर

पोखरा, २१ असोज। संघीय समाजवादी फोरम पोखरा महानगरपालिका वडा नं.१५ को शनिवार वडा समिति पुनगठन गरिएको छ।

पुनगठित समितिको अध्यक्षमा जसबहादुर गुरुङ, उपाध्यक्षमा मनमाया गुरुङ, सचिवमा सुवेदार इन्द्रबहादुर छन्त्याल, सहसचिवमा नासु नरबहादुर भुजेल, सदस्यमा अक्कलबहादुर सार्की, टकबहादुर गुरुङ, रामबहादुर गुरुङ, धनबहादुर गुरुङ, हर्कबहादुर गुरुङ, राबहादुर तामाङ, इश्वर गुरुङ चयन भएका छन्।

सल्लाहकारमा क्याप्टेन देवलसिंह थापा, सुवेदार भक्तबहादुर गुरुङ, सुवेदार हरिमान गुरुङ र निवर्तमान अध्यक्ष बुद्धिबहादुर तामाङ चयन भएका छन्। बुद्धिबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ससफोका केन्द्रीय सदस्य धनप्रसाद तामाङ, वैकल्पिक केन्द्रीय  सदस्य हुमबहादुर तमु, जिल्ला अध्यक्ष दीपक तामाङले प्रशिक्षण दिएका थिए। क्याप्टेन नरेश थापा, सुवेदार भक्तबहादुर गुरुङ, नवनिर्वाचित अध्यक्ष जसबहादुर गुरुङ र नासु नरबहादुर भुजेलले मन्तव्य व्यक्त गरेका थिए।

- एजेन्सी