इन्द्रेणी सहकारीमा अधिकारी

पोखरा, २१ असोज। पोखरा लेखनाथ महानगरपालिका १७, डेभिजफलस्थित इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वाषिर्क साधारणसभाले सागर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

संस्थाको उपाध्यक्षमा विन्दु कार्की, सचिवमा डिल्लीराम शर्मा, सहसचिवमा मेघनाथ पौडेल, कोषाध्यक्षमा धर्मराज बराल चयन भए। यस्तै, सदस्यमा रविलाल शर्मा, नानीबाबु ढकाल, दीपकराज बराल, धर्मराज सुवेदी, बुद्ध्रि्रसाद भण्डारी र सरस्वती केसी कार्की चुनिए। लेखा समिति संयोजकमा डा टंकराज अधिकारी तथा सदस्यमा गंगाप्रसाद अधिकारी र विष्णुमाया गुरुङ चयन भएका छन्।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सहकारीको मर्म र भावनालाई आत्मसाथ गर्दै व्यावसायिकरण गरी रोजगारी मूलक क्षेत्रमा अगाडि बढे पोखराको विकासमा टेवा पुग्ने बताए।

उनले महानगरको नियत दुःख दिने नभएको भन्दै सहजीकरण गर्दै अघि बढ्ने उल्लेख गरे। आफ्नो आर्थिक कारोबार आफ्नै सहकारीमा गरी नियमित रूपमा पारदर्शी रूपमा सहकारी संस्थमा कारोबार गर्नुपर्ने उनको भनाइ थियो।

कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकालले नेपालमा सहकारीको भविष्य उज्ज्वल रहेको भन्दै राज्यको ध्यान गम्भीर रूपमा हुनुपर्ने बताए।

कार्यक्रममा जिल्ला सहकारी संघकी इन्दिरा पौडेल, पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेल, पत्रकार सुष्मा पौडेल, नीलगिरि बचत तथा ऋण सहकारीका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठ डेभिजफल टोल विकास संस्थाकी अध्यक्ष रंगिला आचार्य, रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाका उपसभापति, झपिन्द्रराज रेग्मी, वेद विद्याश्रम पाठशालाका प्राचार्य विजयराज आचार्य, संस्थाका सल्लाहकार ज्ञाज शर्मा वाग्ले, सेयर सदस्यकातर्फबाट सुवास ढुंगानालगायतले बोलेका थिए।

संस्थाका अध्यक्ष प्रविण पौडेलको अध्यक्षतामा भएको साधारणसभामा सचिव सागर अधिकारी, कोषाध्यक्ष धर्मराज बरालले आफ्ना प्रतिवेदन प्रस्तुत गरे। उपाध्यक्ष गोपाल बराल र सल्लाहकार लेखनाथ बरालले धन्यवाद ज्ञापन गरेका थिए।

सो अवसरमा उत्कृष्ट कारोबारीहरू छायादत्त भट्टराई, खगराज शर्मा आचार्य, रामजीप्रसाद पौडेल, ज्येष्ठ नागरिक रविलाल शर्मालाई सम्मान गरिएको थियो।

यस्तै, शैक्षिक क्षेत्रमा उत्कृष्ट सेयर सदस्य छोराछोरी सन्देश बराल, आँचल सुनुवार, आशिष पाण्डे, नम्रता ढकाल, डा नम्रता अधिकारीलाई नगदसहित पुरस्कृत पनि गरिएको थियो।

- अादर्श समाज सम्वाददाता